प्रदिप खड्का अभिनित चलचित्र ‘प्रेम गीत–३’ का क्रान्तिवीर नायक कि खलनायक?पढ्नुहोस

बहुप्रतिक्षित चलचित्र प्रेम गीतको रिलिज को डेट नजिकिदै गर्दा बिभिन्न पात्राहरुको पोष्टर सार्बजनिक हुने क्रम जारी छ यसै क्रममा सन्तोष सेनकै पहिलो चलचित्र चंखे शंखे पंखेबाट चलचित्र क्षेत्रमा प्रबेस गरेका प्रमुख कलाकार प्रेम पुरी यो चलचित्र प्रेम गीत ३ मा पनि बिशेष भूमिकाको साथमा देखिने भएका छन।’प्रेम कथामा आधारित चलचित्र प्रेम गीत ३ मा उनि नायक कि खलनायक भन्ने प्रश्न जताततै उठिरहेको छ।

सन्तोष सेनको निर्माण र आसुसेन फ्लिम्सको प्रस्तुतिमा रहेको प्रेम गीत ३ ने नेपाली चलचित्र जगतको फेरी एक फेरो इतिहार रच्ने प्रयास गर्दै गर्दा प्रेम पुरी प्रेम गीत ३ मा भने “क्रान्तिविर” को भूमिकामा देखिने भएका छन।यो नाम अनुसार भूमिका के हो भन्ने प्रश्न उठेको छ त्यसको लागि भने अब ट्रेलर नै कुर्न पर्ने देखिन्छ।चलचित्रको पहिलो गीतले यो समय रेकर्ड नै तोडेको छ।

यो पनि पढ्नुहोस
वर्षकै प्रतिक्षित फिल्म मध्येको एक ‘प्रेमगीत ३’ को पहिलो गित ‘हात्ती ढुंगामा’ रिलिज गरिएको छ । मनाङमा छायांकन गरिएको गितको भिडियोले फरक स्वाद पस्केको छ । नायक प्रदीप खड्का र नवनायिका क्रिष्टिना गुरुङ फिचर्ड गितको भिडियोमा दुवैजनाको लुक्स र प्रस्तुतीले जो कोहीको मन सजिलै जित्छ । प्रदीप र क्रिष्टिनाको जोडी पनि गज्जबको देखीएको छ ।

सुरुदेखी प्रतिक्षित बनिरहेको फिल्म ‘प्रेमगीत ३’ को ‘हात्ती ढुंगामा’ गित रिलिज भएसंगै फिल्म झन प्रतिक्षित र कोतुहलपुर्ण बनेको छ । महँगो बजेट र ठुलो क्यानभासमा सन्तोष सेनले निर्माण गरेको फिल्मको अधिकांश दृष्य मनाङमै छायांकन गरिएको हो । मनाङअघि किर्तिपुरमा अहिलेसम्मकै ठुलो सेट निर्माण गरेर फिल्मको छायांकन गरिएको थियो ।

कल्याण सिंहको संगीतमा तयार गीतमा मेलिना राई र सागर आलेले स्वर दिएका छन् । हर्क बहादुर साउदको शब्द रचना रहेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको सिनेमाले २ सय वर्ष पुरानो लभस्टोरी पर्दामा उतारेको छ ।फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

फिल्ममा प्रदीप र क्रिष्टिनाको अलवा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत,प्रेम पुरी,लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतले अभिनय गरेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् । सामाजिक अभियन्ता चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको छ । यो फिल्मको बक्सअफिसमा तहल्का मच्चाउने विश्वास गरिएको छ ।

हेर्नुहोस ‘प्रेमगीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ :