धुर्मुस-सुन्तलीको सेण्टिभाईरसमा प्रितम आचार्य, देखिदैछन् सानो धुर्मुसको अवतारमा (भिडियो सहित)

ईटहरी/ कलाकारिता संगै समाजसेवामा दिनरात खटिरहेका धुर्मुस सुन्तलिको निर्माण तथा अभिनयमा तयार भएको फिल्म “सेन्टिभाईरस” सिनेमा घरमा प्रदर्शनको तयारीमा छ । यहि फागुन ९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने फिल्ममा ईटहरीबाट नेपालकै प्रतिनिधित्व गर्दै ईन्डियाको प्रतिष्ठित टेलिभिजन शो “सारेगमप लिटिल च्याम्प”मा पुगेर लोकप्रिय बनेका प्रीतम आचार्यले पनि अभिनय गरेका छन् । हेर्नुस् प्रीतम आचार्यसंग गरिएको भिडियो अन्तरबार्ता ।

सार्बजनिक अन्तरबार्तामा उनले आफुले सो फिल्ममा अभिनय गरेको बताए संगै सानो धुर्मुसको भुमिकामा देखिने समेत खुलाए । ईटहरीमा जन्मिएर ईटहरीकै विश्व आदर्श स्कुलमा अध्ययन गरिरहेका आचार्यले सारेगमप लिटिल च्याम्पको तेस्रो स्थान हासिल गरेका थिए ।

सेन्टीभाईरसको हालसम्म एक गीत “फनफन्नी” र ट्रेलर सार्बजनिक भैसकेको छ । यता फिल्मको अर्को गीत “आफ्नो पार्टी जिताईदे” भोलि अर्थात फागुन ४ गते सार्बजनिक हुदैछ । ट्रेलर र गीतले युट्युबमा राम्रै प्रतिक्रिया संगै भ्युज पनि बटुलिरहेको छ । यता गायकको रुपमा लोकप्रियता हासिल गरेका प्रीतमले कस्तो अभिनय गर्ला भन्ने कौतुहलता जागेको छ । यसमाथी पनि उनी सानो धुर्मुसको अवतारमा देखिने खबरले उनको गेटअप पनि कस्तो होला भन्ने जिज्ञासा बढेको छ ।