गायिका सम्झना लामिछाने मगरको ‘ताजा समाचार’ प्रकाशित

नेपाल स्वयंसेवक संघ कला संगठन कि केन्द्रीय उपाध्यक्ष लोकदोहोरी गायिका सम्झना लामिछाने मगरको ‘ताजा समाचार’ शिर्षकमा रहेको गीत सार्वजनिक भएको छ । सुरेश रानामगरको शब्द सिर्जना र संगीत रहेको गीतमा गायिका लामिछाने र सुरेश राना मगरकै युगल आवाजमा रहेको छ ।

मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीत कमल सौरागको संगीत संयोजनमा तयार गरिएको हो । त्यस्तै गीतको भिडियोमा संजय लामाको निर्देशन रहेको छ भने नवराज उप्रेतीले छायांकन गरेका हुन् ।

उक्त भिडियोमा गायिका सम्झना लामिछाने आफै र आस्वीन मगरको अभिनय रहेको छ । बिष्णु शर्माले सम्पादन गरेको भिडियोलाई गायिका लामिछानेकै युट्युब च्यानलमार्फत बजारमा आएको हो । बदलिँदो सांगीतिक परिवेशसँगै ‘ताजा समाचार’ को शिर्षकमा फरक धारको गीत र भिडियो ल्याएको गायिका सम्झनाले बताइन् ।