“ह्यपी भ्यालेन्टाइन डे” डियर कमरेड

प्रेम अस्विकार गरे पछि बलात्कार गर्ने , एसिड हान्ने या ब्यालेकमेल गर्ने , बेइज्जत गर्ने , अपमान गर्ने जस्ता कृयाकलाप पनि कतिपयले गरेका हुन्छन् यसलाई माया भनिदैन , यो त अपराध हो|

फागुन २ गते अर्थात प्रणय दिवस – Valentine Day अझै सजिलो अर्थ प्रेम दिवस आज बिश्वभरी माया गर्ने जोडी र एक अर्कालाई मन पराउनेले पनि खुलारुपमा आफ्नो गुम्सिएर राखेको बर्षौं देखिको मनको भावना पोख्ने प्रेम प्रस्ताब राख्ने गर्दछन् । पहिला नेपालमा खासै भ्यालेन्टान डे को यति चर्चा र मनाउने गरिदैन थियोे तर बिगतका केही बर्ष देखी नेपालमा पनि यो दिबस तमझमका साथ मनाइन्छ । यो दिबस मनाउनुको पनि एउटा छुट्टै ऎतिहासिक कथा छ। कतिपयलाई यो कुरा थाहा हुन सक्छ कतिपयलाई थाहा नहुन पनि सक्छ । विशेष गरी इटलीका सम्राट क्यालाउडिअस २ ले नागरिक बिवाहामा प्रतिबन्ध लगाउदा उनको यो कदमको बिरोधमा पादरी भ्यालेन्टाइ डे उभिएका थिए । बिरोधमा उत्रिए पनि पादरी भ्यालेटाइनलाई उतिबेलाको सरकारले बन्दी बनाएको थियोे ।

बन्दीगृहमा बन्दी बनाएर राखेका पादरी भ्यालेटाइको बन्दीगृहको एक सिपाहीकी छोरीसीत उनको प्रेम हुन गएको र उनको मृत्यु हुनु अगाडी उनले आफ्नो प्रेमिकाको लागि लेखेको चिट्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनी आफुलाइ प्रेषकका रूपमा गरिएको एउटा संम्बोधन … त्यही सम्बोधन आजसम्म पनि मानव समुदाय अनि प्रेमीहरुले ह्दय निकट ब्यक्तिलाई आफ्ना भ्यालेन्टाइका रूपमा सम्झिने गर्दछ्न् भने पादरी भ्यालेटाइनको बन्दीगृहमा नै मृत्यु भए पछि इटालीमा प्रेम र बिवाहाका पक्षधर सारा जनता त्यो सरकारको विरुद्ध बिशाल आन्दोलन गरे उक्त स्वतन्त्र प्रेम र बिवाहाका पक्षधरले ससारभरीबाट उनिहरुको आन्दोलनलाई ऎकबद्वता जनाए साथ दिए तब सम्राट क्यालाडिअस २ ले घुडा टेक्क बाध्य भयो र नागरिक बिवाहा र प्रेमलाई खुला गर्यो ।

आजको दिन विशेष पादरी भ्यालेटाइनले प्रेम र बिवाहाको पक्षमा आन्दोलन गरि मारिनु पर्यो उनको बलिदानीको संमानमा आज सन्सार भरी प्रेम दिबस मनाइन्छ । करोडौंको संख्यामा भ्यालेन्टाइन कार्डहरु , चकलेटहरु फुलहरु अनि विभिन्न उपहारहरुको आदानप्रदान गरि मायालु दिनको उत्सब मनाइन्छ । माया कसैको जबर्जस्ती , डर , धाक , धम्कीमा हुदैन न त एकोहोरो कसैले चाहादैमा माया त आफैं हुन्छ दुई मुटु अरुले जोडेर हुँदैन त्यो मन र यो मन थाहै नपाइ मिल्छ , आँखा- आँखा जुध्छ लजाउदो उसको हेराइ र मन्द मुस्कानले खै थाहै नपाई सुटुक्कै मन चोरेको हुन्छ । माया बिना कोहि पनि सुखी र खुसी हुन सक्दैन अर्को अर्थमा माया बिनाको जिन्दगी नै ब्यर्थ जस्तो हुन्छ । मायामा अदम्य साहस , शक्ति , प्रेरणा र हौसला हुन्छ कस्तो कस्तो हतियारले जित्न नसकेको युद्ध प्रेमले सजिलै जित्न सक्छ ।

प्रेम पबित्र हुन्छ , निस्चल हुन्छ , अमर हुन्छ , जुनिजुनिको लागि हुन्छ । जहाँ धनी गरिब , सानोठुलो , जातभात हेरिदैन। त्यसैले माया जबर्जस्ती आफुले मन पराए पछि पाउनै पर्छ भनी प्रेम अस्विकार गरे पछि बलात्कार गर्ने , एसिड हान्ने या ब्यालेकमेल गर्ने , बेइज्जत गर्ने , अपमान गर्ने जस्ता कृयाकलाप पनि कतिपयले गरेका हुन्छन् यसलाई माया भनिदैन , यो त अपराध हो ।

माया गर्ने मान्छेले त्याग पनि गर्न सक्नु पर्छ यदि आफुले माया गरेको मान्छे आफुसग भन्दा अरु सग खुसी हुन सक्छिन र खुसी उनको अरु हो भनी त्यो खुसी देख्न सक्नु पर्छ किन कि माया कसैलाई गर या नगर भनी हुँदैन । त्यसैले अहिलेको युवा पुस्तामा मन जित्नेको खाचो छ । मायामा कुनै दुव्र्यवहार नगरौं मायामा संमान गरौं कसैको मन जबर्जस्ती जित्न सकिँदैन मन जित्न त असल व्यबहार र इमानदारी हुनु पर्छ राम्रो व्यबहार मन नपर्ने कोहि हुँदैन त्यसैले मान्छेको जिबनमा कोहि न कोहि माया गर्ने मान्छेको जरुरी हुन्छ र सबैको सपना हुन्छ आफुलाइ बेहद माया गर्ने, संमान गर्ने , आफुलाई बुझ्ने प्रेमि होस् , प्रेमिका होस् जिबनसाथि होस् , जिबनसगनि होस् तर यी सबै कुरा भएको प्रेम भाग्यमानीको मात्र भाग्यमा हुन्छ ।

हरेक मानिसले यस्तै एउटा कमरेडको कल्पना गरेको हुन्छ , अनि त्यही कमरेडको सपना देखेको हुन्छ जसको हात समाउदा उसलाई आफ्नो सुरक्षाको महसुस होस् , उसको अगालोमा बाधिदा ससारको सारा बन्धनबाट मुक्त होस् , उसको हातको तकियाले संसारको छुट्टै कुनामा आफ्नो ओत लाग्ने स्वर्णिम घर होस जहाँ दुई मुटुको धड्कन एक होस् सबै बुझोस प्रगतिको बाधक नबनोस , सफलता खुसी र प्रशसामा खुसी होस् हरेकले कल्पना गरेको कमरेड यस्तै हुन्छ । तर अहिले समाजमा डियर कमरेड बन्ने कोसिस भन्दा पनि एकोहोरो प्रेम र प्रेम प्राप्ति भएन भने प्रतिसोध र प्रतिकारको भावनाले हिंसक र अपराधीक गतिविधि घटाउने र नकारात्मक बदला लिने गरेको हुन्छन् त्यसैले मनन गरौं मायामा नकारात्मक बदला होईन आत्मबिस्वास र संमान गरौ आफ्नो प्रेमी या प्रेमिकाको लागि डियर कमरेड बन्न सिकौ र बनौं तपाईंको प्रेमी या प्रेमीकाले तपाईं डियर कमरेडलाइ पर्खिरहेकी छिन ।

एक अर्काको साथ र सहाराबिना जीवन सार्थक भए पनि जीवन अपुरो हुन्छ ।

मायाको खातिर आफ्नो ज्यानको बलिदान दिने पादरी भ्यालेटानइको सम्झना र संमान गर्दै संसारका माया गर्ने युगल मायालु जोडिलाई सुभकामना

happy valentine day

dear comrade मा समर्पित

सरु सुनार