पशुपति शर्माले पहिलोपटक भाबुक हुदै दिए अन्तरबार्ता,कलाकार बनेर कोठा भाडा समेत तिर्न गाह्रो हुने पिडा पोखे

नेपाली लोक दोहोरी क्षेत्रका प्रख्यात गायक पशुपति शर्माले पहिलोपटक भाबुक हुदै मिडियामा अन्तरबार्ता दिएका छन।बिगतको पिडा र अहिले सम्म कलाकारको दुखेसो लाइ उनले आफ्नो आवाजबाट प्रस्तुत गरेका हुन।नया गीत आए संगै पशुपति शर्माले आफ्नो बिगत जस्तो थियो त्यस्तै आज पनि रहेको खुलाएका छन।

करोडौ ऋण गरेर घर बनाउने र देखाउने प्रचलन मात्रै कलाकारको भएको तर कलाकारको गोजी छाम्ने हो भने सुक्को न भेटिने समेत उनले खुलाएका छन।आफुले गरेको गीतबाट म्युजिक कम्पनि करोडपति भएको तर आफुलाई अहिले पनि घर भाडा कसरी तिर्ने भन्ने पिडा रहेको समेत शर्माले खुलाएका हुन्।हेरौ पशुपति शर्मा संग कमल सरगमले गरेको यो बिशेष कुराकानी

यो पनि पढ्नुहोस
चलचित्र क्षेत्रमा लागेका कलाकारको प्रेम र बिबाह लामो समय टिक्दैन भनिन्छ । केही उदाहरणले यो तर्कलाई सत्य सावित पनि गरेको छ । तर, चलचित्रको पर्दामा देखिने धेरै यस्ता कलाकार छन्, जसले आफ्नो प्रेमलाई बिहेमा परिणत गरेर रमाइरहेका छन् । प्रेम दिवसको अवसर पारेर हामीले यहाँ केही यस्ता जोडीको चर्चा गरेका छौ, जसले आफ्नो प्रेमलाई बिहेमा परिणत गरेका छन् ।

१. राजेश हमाल–मधु भट्टराईः नायक राजेश हमाल र मोडल मधु भट्टराइको प्रेम करिब ७ बर्ष चलेको थियो । ७ बर्षसम्म गुपचुप प्रेम गरेका हमालले केही बर्ष अगाडि मात्र मधुसँग बिहे गरेका थिए । हमाल र मधु अहिले सुखद दाम्पत्य जीवनमा रमाइरहेका छन् ।

२. आर्यन सिग्देल–सपना भण्डारीः नायक आर्यन सिग्देल र सपना भण्डारीले पनि केही बर्ष प्रेम गरे । आर्यनले सपनासँगको प्रेमलाई सार्वजनिक गरेको केही समयपछि उनीसँग बिहे गरेका थिए । अहिले आर्यन र सपनाले छोरालाई जन्म दिइसकेका छन् ।

३. बर्षा राउत–संजोग कोइरालाः नायक संजोग कोइराला र नायिका वर्षा राउतको प्रेम करिब ६ बर्ष चल्यो । ६ बर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले गतबर्षको प्रेम दिवसको दिन बिबाहमा परिणत गरेका थिए । संजोग र बर्षाको प्रेम जती प्रिय थियो, बिहेपछि पनि उनीहरुको जोडीको प्रेममा कुनै परिवर्तन आएको छैन ।

४. निशा अधिकारी–शरद भेष्वाकरः नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको प्रेम केही समय चल्यो । मिडियामा प्रेमको खबर खुबै आएपछि यो जोडीले ब्रेकअपको हल्ला समेत फैलाएको थियो । तर, पछि यो जोडीले बिहे गरेको थियो । बिहेपछि नीशा अमेरिका हानिइन् । अमेरिकामा नै गएर उनले छोरालाई जन्म समेत दिएकी थिइन् ।

५. ऋचा शर्मा–दिपेक्ष राणाः नायिका ऋचा शर्मा र व्यवसायी दिपेक्षा राणाको प्रेम सम्बन्ध करिब २ बर्ष चल्यो । २ बर्ष लामो प्रेम सम्बन्धलाई यो जोडीले यो बर्षको मंसिर महिनामा बिहेमा परिणत गरेको हो । ऋचा र दिपेक्षले जिन्दगीको लामो यात्रा गर्ने कसम खाएका छन् ।

६. स्वस्तिमा खड्का–निश्चल बस्नेतः उसो त नायिका स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेतले लामो समय प्रेमको यात्रा गरेनन् । सामाजिक संजालबाट सुरु भएको बोलीचाली केही समय प्रेममा परिणत भयो र उनीहरुले बिहे गरे । बिहेपछि यो जोडी अहिले आदर्शको रुपमा परिचित छ । दुबै जना चलचित्रमा सक्रिय छन् ।

७. गरिमा पन्त–हरि सिलवालः नायिका गरिमा पन्तले यूरोपमा रहेर व्यवसाय गर्दै आएका व्यापारी हरि सिलवालसँग केही बर्ष प्रेम गरिन् । हरि र गरिमाले आफूहरुको गहिरो प्रेमलाई बिहेमा परिणत गरे । अहिले गरिमा हरिसँगै यूरोपमा छिन् । यूरोप लागेसँगै गरिमाले चलचित्र यात्रालाई पनि विश्राम दिएको अवस्था छ ।

८. रेनशा राई–प्रज्ज्वल शमशेर राणाः निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता तथा हल व्यवसायी प्रज्ज्वल शमशेर राणाको प्रेम पनि चलचित्र क्षेत्रका लागि चर्चाको बिषय बनेको थियो । यी दुइ पनि लामो समय प्रेम सम्बन्धमा रहेका थिए । यो जोडीले आफूहरुको प्रेम सम्बन्धलाइ गतबर्ष बिहेमा परिणत गर्यो । अहिले यी दुई चलचित्र सम्बन्धी काममा बढी व्यस्त छन् ।

९. सिताराम कट्टेल–कुञ्जना घिमिरेः हाँस्य कलाकार जोडी सिताराम कट्टेल तथा कुञ्जना घिमिरेले सिरियलमा काम गर्दा गर्दै एक अर्कालाई मन पराएका थिए । दुबैले एक साथ जीवन अगाडि बढाउने निर्णय पनि गरे । सिरियलमा काम गर्दा गर्दै सुरु भएको यी दुइको प्रेम सम्बन्ध पछि बिहेमा परिणत भएको थियो । अहिले यो जोडी समाजसेवा तथा चलचित्रमा अभिनय गर्नमा व्यस्त छन् ।

१०. दीपिका प्रसाई–दिवाकर भट्टराईः नायिका दीपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराइको प्रेम सम्बन्ध ४ बर्ष भन्दा बढी समय चल्यो । यी दुइले एक अर्कालाई मन पराएसँगै दीपिकाको चलचित्र करिअर सुरु भएको थियो । चलचित्रमा लागेको केही समयमै दीपिकाले दिवाकरसँग कोर्ट म्यारिज गरेकी थिइन् । पछि, यो जोडीले परम्परागत शैलीमा बिहे गर्यो ।

यी बाहेक चलचित्रमा काम गर्ने यस्ता थुप्रै कलाकार छन्, जसले आफ्नो प्रेमलाई बिहेमा परिणत गरेर रमाइरहेका छन् । निर्माता सुनिल कुमार थापा र नायिका झरना थापा, नायिका संचिता लुइटेल र नायक निखिल उप्रेती यसको उदाहरण हुन् ।