गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा

नेपाली सगम गीत संगीतको क्षेत्रमा राम्रो सम्भावना भएका गायक संजय थापा संगीतिक क्षेत्रका एक उदाउदो ताराको रुपमा रहेका छन । सानै उमेर देखि को सोख र रुची उनमा रहेको थियो ।आफनो सिर्जनामा रमाउनु र संगितिक क्षेत्रमा नै आफुलाई ल्याउनको लगी प्रयास गर्नु उनको चाहना थियो । उनी एक्लै होस वा समुहमा सानै देखि नै गीत गुनगुनाएर बस्थे ।

स्कुल देखि कलेज हुंदै अन्तत उनी गायन क्षेत्रमा हाम फालेरै छाडे । उनले आफ्ना हरेक गीतमा मध्यमार्गी धार अपनाउने गर्दछन् । उनका गीत र उनले बनाएको म्यूजिक टिपिकल नै हुन्छन् । उनले गाउने गीत प्राय सेन्टिमेन्टल नै हुन्छन् । उनका प्राय गीतले समाजको सेरोफेरोमै घुमेर केही न केही सन्देश दिएर आफनो कला प्रष्फुटन गर्ने उनको वानी रहेको छ ।

संगीतिक जिवनमा आइपरेका चुनौतीहरु र संघर्षहरुबाट आफुले केही सकारात्मक बाटो तर्फ अग्रसर बनाउने तर्फ मद्धत पुगेको उनले बताए ।संजय थापा सगँ सहकर्मी साथी रविन श्री ले गर्नुभएको कुराकानीको संक्षिप्त कुराकानी ।