‘खेलीमा दोहोरी’ युवराजको नयाँ प्रस्तुति (भिडियोसहित)

उदीयमान लोकगायक युवराज भुसालले नेपालको पश्चिमी क्षेत्रमा गाइने खेली दोहोरी ‘के पीर पयो बहिनी’ बजारमा ल्याएका छन् ।

‘ नेपाली गीत संगीतमा परंपरा जोडने र मौलीकता बचाउने अभिप्रायले खेलीको खेलो गरेको हुं ’ उनले संसार न्युजसंग भने । अघिल्लो पुस्तामा लोकप्रिय रहेको खेली गीत पछिल्लो समयमा लोप हुँदै गइरहेका बेला खेली दोहोरी मार्फत उनले गीतसंगीतको क्षेत्रमा महत्वपुर्ण योगदान पुयाएका छन् ।

अहिलेको नयाँ पुस्ताले खेलि बिर्सनै लागेका बेला यसमार्फत उनले नेपाली सांगीतिक क्षितिजमा पुनर्ताजगी गराएका छन । २०७६ माघ १७ गते सार्वजनिक भएको खेली गीतको म्युजिक भिडयो युवराज भुसालको आफ्नै आधिकारिक युट्युव च्यानल मार्फत बजारमा आएको हो ।

विमलराज क्षेत्रीको संगीत संयोजन तथा युवराज भुसालकै लय र शब्द रहेको सो गीतमा गायिका लक्ष्मी न्यौपानेले साथ दिएकी छन् भने गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । निर्देशक भट्ट र आयुष्मा कार्कीले अभिनय गरेको सो भिडियोको छायाँकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन विष्णु शर्मा र अडियो मिक्सिङ रसाइलीले गरेका छन् ।

पर्वतको बिहादी लिंगसींग स्थायी घर भएका भुसालले सूर्यकुमार क्षेत्रीको शब्दमा ‘तिर्खा पानीको’ भन्ने एल्बमबाट २०६४ सालमा संगीतक्षेत्रको व्यवसायिक यात्रा शुरु गरेका हुन् । यससंगै उनले ‘दिलमा लेखिएसी’, ‘मनको धोको मनमै रहेसी’, ‘नरोइ नरोइ बस मेरी सानी’, ‘सरर आयो पर्वतमा मोटर’लगायतका एल्बम बजारमा ल्याएर आफनो शसक्त उपस्थिति जनाइसकेका छन ।

उनको यसप्रकारको प्रयासले नेपाली मौलीकता, संस्कार र संस्कृतिको संरक्षणका लागि महत्वपुर्ण भुमिका खेल्ने बिश्वास गरीएको छ । शुरुमा पर्बतको बिहादी र पैयुका अधिकांश गाउबस्तिमा गहिरो छाप दिएका उनले क्रमश देशभरी र बिदेशका नेपालीमा समेत संगीत प्रभाव पुयाएका छन् । उनको पछिल्लो प्रस्तुति खेली पश्चिम नेपालकै मौलिक र सास्कृतिक संपति भएकाले यसबिधामा उनले पुयाएको योगदानलाइ सम्मान गनुपर्ने आवाज पनि उठेका छन् ।