रोशन धिमालले आफ्नो डेब्यु गीत ‘ल्याङ्ग ल्याङ्ग जिन्दगी’ सार्वजनिक गरेका छन ।

रोजगारको सिलसिलामा हाल मकाउमा रहेका गायक धिमालले शिक्षित युवा र बेरोजगारलाई आधार बनाएर यथार्थपरक गीत सार्वजनिक गरेका हुन। टेलिभिजन र रेडियोमा आफ्नो भविष्य खोज्दै एक समय संचारकर्मीको रुपमा समेत काम गरेका गरेका धिमालले यस गीतमा आफ्नै भोगाइ र भावना प्रस्तुत गरेका छन ।

गायक , संगीतकार र गीतकारका रुपमा धिमालको पहिलो कोसिस हो । यस गीतको संगीत संयोजन बादल लिम्बुले गरेका हुन । भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका भिडियोमा स्वयम गायक धिमाल र मेची पुत्र फ़िचर्ड छन । थैली इन्टरटेन्मेण्ट र कदम थियटरको प्रस्तुति रहेको भिडियोलाई सिजन दहाल र किरण चामलिङ राईले सयुक्त रुपमा निर्देशन गरेका हुन ।

हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । गायक धिमालले नयाँ कलाकारलाई प्रोत्साहन गरिदिन सम्पुर्ण संगीतप्रेमी र मिडिया हाउसलाई आग्रह गरेका छन ।