एलिशा र सुशान्तले तताउँदै सिड्नी

बिगत ३ बर्ष देखि लगातार गर्दै आएको रगडेल होली मेला यस पटक पनि आयोजना हुने भएको छ । नेपाली कला संगै संस्कृति लाई पनि उत्थान र प्रोत्शाहन हुने अभिप्रायले आयोजना गरिएको यस मेलामा यो पटक कुशल डान्सर एबम कलाकार एलिशा शर्मा र युवापुस्ताका चर्चित गायक सुशान्त केसीले स्टेज तताउने भएको छ । बिगतका बर्षहरुमा करिब २०००० भन्दा बढी दर्शकको साथ पाएको यस मेलाले यो पटक भने सो रेकर्ड ब्रेक गर्ने बिस्वास लिएको छ आयोजक टिमले । रगडेल ब्वायज र कमेरो इभेन्ट्सले अस्ट्रेलियाको सिड्नीमा मार्च ७ का दिन भब्य कार्यक्रम गर्ने बताए सो कार्यक्रमका म्यानेजर बिक्रम गुरुङ्गले ।

गुरुङ्गका अनुशार यो पटक एलिसा र सुशान्त संगै गायक बिक्की गुरुङ र कार्यक्रम प्रस्तोताको रूपमा ओशिन सिटौला आउनेछन त्यस्तै अन्य चर्चित कलाकारहरुको पनि उपस्थिति रहने छ। ” हामीले मार्च ७ का दिन फेरी सिड्नीमा नयाँ इतिहास रच्नेछौ ” उनले भने । कार्यक्रमका लागी अन्य कलाकारहरु पुन तय गरि जानकारी दिने प्रोग्राम म्यानेजर बिक्रम गुरुङ्गले जानकारी दिनुभयो।