आदर्श सासु-बुहारी सम्मानित

कोहलपुर-११ बसपार्क रोडमा रहेको वन वाटिका टोल सुधार समितिले कोहलपुर नगर क्षेत्रभित्र रहेका आदर्श सासु तथा बुहारीलाई सम्मान गर्ने क्रममा बाँकेको कोहलपुरमा पहिलो पटक आर्दश सासु-बुहारी सम्मानित भएका छन ।

प्रबुद्ध जेष्ठ नागरिक मञ्च कोहलपुरको सभाहलमा आयोजित एक कार्यक्रमकाबिच आदर्श सासुका रुपमा कोहलपुर नगरपालिका वडा नं. २ निवासी लक्ष्मी भुषाल र आदर्श बुहारीका रुपमा वडा नं. ११ की शिखा गौतम श्रेष्ठ सम्मानित भएका हुन । उनीहरुलाई कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले सम्मानपत्रले प्रदान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले नगरभित्रका सबै सासु बुहारी आदर्श बन्न सक्नुपर्ने बताए । सासुले बुहारीलाई छोरीकै रुपमा हेर्नुपर्ने र बुहारीले पनि सासुलाई आफ्नै आमाको रुपमा स्विकार्न सके आदर्श परिवार निर्माणमा कुनै समस्या नहुने मेयर रावतले दावी गरे । घरभित्र एकले अर्कालाई सम्मानजनक शब्द प्रयोग गर्न रावतले सबै सासु-बुहारीलाई सुझाव समेत दिए ।

कोहलपुर नगरपालिकाले समेत प्रत्येक वर्ष नगरपिता र नगरमाताका रुपमा २ जना बृद्धबृद्धालाई सम्मान गर्दै आएकोतर्फ ईगित गर्दै मेयर रावतले बृद्धबृद्धालाई सम्मानित ब्यवहार गर्न सबैलाई आग्रह समेत गरे ।

जिल्लामै पहिलो पटक आदर्श सासुु बुहारी सम्मान गर्ने योजना अघि सारीएको वन वाटिका टोल सुधार समितिका अध्यक्ष हरी प्रसाद पौडेलले जानकराी दिए ।
वन वाटिका टोल सुधार समितिका सचिव विष्णु प्रसाद बेल्वासेले संचालन गरेको कार्यक्रममा कोहलपुर कोहलपुर नगरपालिका नगरपालिका वडा नं ११ का वडाध्यक्ष कर्ण बहादुर थापा, प्रवृद्ध जेष्ठनागरिक मंचकी अध्यक्ष डम्बर कुमारी घिमिरे, सचिव कृष्ण प्रसाद आर्चाय, शुभद्रा शर्मा लगायतको सहभागिता थियो ।