सांस्कृतिक संस्थानको साख जोगाउन नयाँ कार्ययोजना

काठमाडौं । सांस्कृतिक संस्थानका नवनियुक्त महाप्रबन्धक अशोकप्यासी राईले पदभार ग्रहण गरेको एक महिना पुगेको अवसरमा बुधबार संस्थान सुधारका नयाँयोजना सार्वजनिक गरेका छन् ।
जमलस्थित संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै अबको !)) दिनभित्र संस्थानमा प्रवेश गर्नासाथगौरव अनुभूति हुने गरी परिवर्तनको आभास दिने प्रतिवद्धता जनाए । सेवाप्रवाह, कार्यशैली, सजावट,सहजता, व्यवहार सबैमा यी कुरा झल्कने उनको भनाइ थियो ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को वर्तमान अवस्था, सुधारका योजना, भावी कार्यक्रम र रणनीतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाप्रबन्धक राईले वर्तमानमा सांस्कृतिक
संस्थान संगीन अवस्थाबाट गुज्रिरहेको बताए । ‘अथाह सम्भावना र अवसर भए पनि त्यसको सदुपयोग रव्यवस्थापन हुन नसक्दा संस्थान यो अवस्थामा पुगेको हो’, उनले भने ।

स्पष्ट लक्ष्यसहित चुस्त, पारदर्शी र प्रभावकारी व्यवस्थापन, क्रियाशील कर्मचारी अनि सिर्जनशील कलाकारको सुन्दर संयोजनले संस्थान समृद्ध बन्ने महाप्रबन्धक राईले बताए । संस्थानको भविष्य उज्ज्वल रहेको तर्क गर्दै उनले मौलिकता झल्काउँदै आधुनिकतालाई समेत आत्मसात् गरेर संस्थानलाई समृद्ध बनाउन नयाँ सोच र योजना अगाडी बढाइएको बताए ।

मुुलुकले भ्रमण वर्ष २)२) मनाइरहेकाले नेपाल आएका पर्यटकका लागि नयाँवर्ष २)७७ सँगै संस्थानमा साप्ताहिक रूपमा सांस्कृतिक सो सु? गर्ने जानकारी दिए । यसले पर्यटकलाई नेपाली
मौलिक संस्कृतिको स्वाद दिने उनको भनाइ छ ।

नेपालसँग कूटनीतिकसम्बन्ध स्थापना भएका मुलुकमा नेपाली लोक संस्कृतिको प्रचार एवं प्रवद्र्धनका लागि सांस्कृतिक सहचारी नियुक्त गर्न सम्बन्धित निकायसँग पहल थालिने महाप्रबन्धक
राईले जानकारी दिए । विभिन्न मुलुकसँग लोक संस्कृति आदानप्रदानका लागि कार्यक्रम आयोजना गर्ने, सार्कस्तरीय सांस्कृतिक महोत्सव गर्ने पनि उनले बताए । संस्थानका नियमित
कार्यक्रम ‘राष्ट्रिय लोक नाटक महोत्सव’, ‘शास्त्रीय संगीत उत्सव तथा स्रष्टा सम्मान’, ‘अन्तरमावि नाटक प्रतियोगिता’, ‘अन्तरमावि नृत्य प्रतियोगिता’ आदिलाई निरन्तरता दिइने
भएको छ । लोपोन्मुख लोक संस्कृतीको खोज अनुसन्धान गरी प्रशिक्षण एवं प्रस्तुतिमार्फत उजागर गरिने, नयाँ तथा पुराना नाटक नियमित मञ्चन हुने उनले बताए ।

यस वर्षदेखि सातै प्रदेशमा प्रदेशस्तरीय लोक सांस्कृतिक महोत्सव आयोजना गरिने, सांस्कृतिकसंस्थानले प्रशिक्षण दिँदै आएका नृत्य, अभिनय, गायन तथा वादन विधाका समयसापेक्ष कोर्स तयार गरी सीटीईभीटीबाट मान्यता प्राप्त गर्न पहल गरिने भएको छ । संस्थानमा डिजिटल शाखा स्थापना गरी ऐतिहासिक एवं महत्वपूर्ण दस्तावेज डिजिटलाइज गरी ई–लाइब्रेरी तयार गरिने
महाप्रबन्धक राईले बताए । संस्थानको पं्रेक्षालयमा हुने प्रत्येक कार्यक्रममा संस्थानको मर्म र भावनामा आँच नआउने गरी सरकारी एवं निजी क्षेत्रका व्यावसायिक टीभीसी प्रसारण सु? गरिने पनि उनले बताए ।

सीएम ट्रेडिङ इन्टरप्राइजेज प्रालीले भाडामा लिएको संस्थानको भवनबारे अनगिन्ती जनगुनासो आइरहेकाले त्यसलाई न्यायका आधारमा समयसापेक्ष पुनरावलोकन गरिने महाप्रबन्धक राईले बताए| संस्थानको दायित्वमा रहेको वर्षौदेखीको करोडौं ऋणभारलाई क्रमशः घटाउँदै लगिने उनको भनाइ थियो । ‘जीवनभर काम गरेर अवकास लिएका कर्मचारीले खाली हात घर फर्कनु परेको छ’, महाप्रबन्धक राईले भने, ‘अब त्यो अवस्थाको अन्त्य हुने छ ।’

संस्थानलाई प्रभावकारी र क्रियाशील बनाउन ‘थ्रीइनवान’ प्रणालीका आधारमा काम गरिने, क्रियाशील कर्मचारी एवं कलाकारको मनोबल उच्च राख्न र मूल्यांकन गर्न दैनिक कार्य विवरण र
मासिक प्रगति विवरण फारम लागू गरिने भएको छ ।

पत्रकार सम्मेलनमा सांस्कृतिक संस्थान सञ्चालन समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धी एकमात्र चाहना भएको बताए । ‘संस्थानलाई बचाउनु सरकारको पनि दायित्व हो’, अध्यक्ष अधिकारीले भने, ‘केही संस्थानलाई सरकारले करोडौं ?पैयाँ अनुदान दिएको छ । लोक सस्कृतीको संरक्षण प्रवद्र्धन गर्ने निकाय भएकाले सरकारले सांस्कृतिक संस्थानलाई पनि प्राथमिकता दिन ज?री छ ।’ संस्थानका योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रभाकरदेव शर्माले अनुभवी कर्मचारी एवं कलाकार भएकाले चुस्त र पारदर्शी व्यावस्थापन भए संस्थानले गतिलिने बताए ।