लक्ष्मी परियारको आवाजमा “धान कुटे चामल “ भिडियो सहित ।

माघ २१ । मौलिक नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका लक्ष्मी परियार र गायक भरत परियारको आवाजमा “धान कुटे चामल “गीतको भिडियो सार्वजनिक भएको छ ।
मायालु जोडी विचको त्रिकोणात्मक प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । भरत परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आम लोक दोहोरी पारखी दर्शक तथा स्रोतको भावना अनुसारको गीत सिर्जना गरिएको गायक परियारले बताए ।

अनिल जिसीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा कृष्ण परियारको निर्देशन भिडियोमा रहेको छ । “धान कुटे चामल “ गीतको भिडियोमा समिक्षा परियार , विमल खत्री , सुवास राई र रजनी क्षेत्रीको अभिनय तथा नृत्य रहेको छ ।

“धान कुटे चामल “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।