तनहुँबाट कास्की छिर्यो चितु*वा ! स्कुल भित्रै छिरेर यस्तो गर्यो | यसरी समातियो चि*तुवा

पोखरा ३२, तल्लो गगनगौंडास्थित हिमालय आधारभूत विद्यालय परिसरमा चितु*वा पसेपछि मंगलवार करिब दिनभर स्थानीय त्रसित बनेका छन् ।

बिहान करिब १० बजे एक्कासी विद्यालय परिसर चितु*वा देखिएपछि स्थानीय त्रसित बनेका हुन् । पछि सो चितुवा लखेड्दै जाँदा सोही स्थानमा रहेको मुस्ताङ जीआई वायर इण्डट्रिज एण्ड सप्लायर्स प्रालिमा रहेको घरभित्र छिरेपछि झन् आतंक मच्चिएको हो । स्थानीयवासी, लेखनाथ सवडिविजन वन कार्यालयका कर्मचारी, वडा प्रहरी कार्यालय पावरहाउसको सुरक्षा निकायले घरभित्र लुकेको सो चितु*वालाई सुरक्षा दिएका छन् ।

यस्तै, चितवन राष्ट्रिय निकुन्जका डटिङ्ग टोली सोही स्थानमा आई चितु*वा बेहोस बनाई खोरमा राखेर संरक्षण गर्ने तयारी गरिएको लेखनाथ सव डिभिजन कार्यालयका सहायक वन अधिकृत रामबहादुर बिकले जनाए।

सो चितु*वा छिमेकी शुक्लागण्डकी २, बाङे्रह थेप्चे सामादायिक वनबाट आएको अनुमान गरिएको छ । तनहुँमा चितुवाका कारण मानिसको ज्यान जाने घटना श्रृंखलाबद्ध रुपमा दोहारिँदैआएको छ ।