बन्दिपुर महोत्सबमा ढाकाको नयाँ डिजाईन प्रदर्शन

नेवारी बजारको रुपमा समेत लिइने गरिएको चिरिच्याट्ट रहने बन्दिपुर बन्दिपुर महोत्सबमा झनै सजिनु स्वाभाविकै थियो । विभिन्न ठाउँमा स्वागतद्वार, ब्यानर अनि नेवारी बाजाकै धुन । बजारका हरेक होटलले पाहुनाको स्वागतका लागि घर अगाडि सडकमै कुर्सी र टेबलको व्यवस्था गरेर पाहुनाका लागि मौलिक नेवारी र गुरुङ अनि मगरका परिकार सडकमै बसेर खाने व्यवस्था मिलाइएको थियो । प्राचीन भक्तपुरे शैलीका भवन ज्युँदै रहेको यस बजार साँस्कृतिक पर्यटनका लागि विशेष महत्व रहेको मानिन्छ ।

नेवारी संस्कृतिमा आधारित क्याटवाक, मगर संस्कृति अनि नेपाली कलाकार योजना पुरी, निशान भट्टराई लगायतका प्रस्तुतिमा रमाएका दर्शकलाई माघको चिसोले निस्प्रभावी बनाइराखेको देखिन्थ्यो ।

महोत्सबमा नेवारी, गुरुङ, मगरलगायत विभिन्न जातीको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । चर्चित युवा गायक नेपाल आइडल सिजन १ का निशान भट्टराईले सांगीतिक प्रस्तुति दिएका थिए ।

महोत्सबको बिशेष आकर्षणमा नेपाली ढाकावाट निर्माण गरिएका नविनतम डिजाइनहरु पनि थिए । नेपाल भाषाको २०१८ र २०१९ को महिलातर्फको उत्कृष्ट मोडल मात्र नभएर दुई बर्षको अबधिमा सवा दर्जन जति म्युजिक भिडियो, चार वटा सर्ट मुभि र ठूलो पर्दा “बसन्त ॠतु” मा भूमिका निर्बाह गरेकी फेसन डिजाइनर, ब्यबसायी र साहित्यकार शोभा महर्जनले डिजाईन गरेको वान पिस, लेहंगा, साडी, आउटरहरुलाई दुई सिक्वेन्समा प्रस्तुत गरिएको थियो । नेवारी भाषा, संस्कृतिको बिभिन्न माध्यमबाट संरक्षण, सम्बर्द्धन र प्रबर्द्धनमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने युवतीको रुपमा लिइने महर्जनले फेशन डिजाइनका संपूर्ण काम भने Gift Nepal मार्फत गर्ने गर्छिन ।

 

 

 

 

 

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक वालबाट ।

Posting Link