सुगमको भिडियोमा रोमाण्टिक मुडमा देखिए मनोज र बिन्दु (भिडियो)

लोकप्रिय गायक सुगम पोखरेलको आवाजमा रहेको सोलो रोमाण्टिक गीत “लाखौमा एक तिमी” सार्वजनिक भएको छ ।

प्रेम भाव बोकेको यस गीतमा एक सुन्दर युवतीको रुप र सौन्दर्यको बयान गरिएको छ । गीतमा शब्द र संगीत मोडेल मनोज सिग्देल (युरेश)को रहेको छ । गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् ।

म्युजिक भिडियोमा मोडेल मनोज सिग्देल (युरेश) र बिन्दु दुवाडी रोमाण्टिक अवतारमा रोमान्स गर्दै गरेको देख्न सकिन्छ ।भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ ।म्युजिक भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेका हुन् । भिडियो सम्पादन इण्टेन्सिभ यल्ड मार्फत भएको हो । शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो ।

मोडेल मनोज सिग्देल (युरेश)को यो तेस्रो म्युजिक भिडियो हो । यसघि उनले “आफु भन्दा जेठी” , “सपनीमा” बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन। हालै सार्वजनिक “ लाखौमा एक” म्युजिक भिडियो लाई माया गरिदिन मोडेल तथा गीतकार सिग्देलले सम्पूर्ण नेपाली दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन ।भिडियोलाई युट्युवमा सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।