‘निरमाया’को सफलतापछि ‘निरमाया २’ सार्वजनिक

‘निरमाया’ बोलको गीतको सफलता पछि सोही टिमले ‘निरमाया २’ बोलको गीत सार्वजनिक गरेको छ । बुधबार ‘डश म्युजिक नेपाल’ नामक युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा ‘निरमाया’का गायक समीर मोक्तानकै आवाज रहेको छ । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माईल’ले संगीत भरेका छन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा मनिषा पोखरेलले पनि आवाज दिएकी छिन् ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा सागर लम्साल ‘बले’ र कविता नेपाली फिचर भएका छन् । सागर हाँस्य टेलिसिरियल सक्किगोनीमा ‘बले’को भूमिकाबाट सबैमाझ चिनिएका छन् भने कविता बुगीवुगी सिजन १ की विजेता हुन् ।

राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियो सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन् । ‘निरमाया’ सफलताका कारण ‘निरमाया २’लाई पनि दर्शकरश्रोताले माया गरिदिने कुरामा निर्माण पक्ष ढुक्क देखिन्छ ।