बस्तीमा डोजर चल्दा वृद्ध बच्चाको बिजोक,डोजर लगाउने अध्यक्षलाई मध्यरातमा पत्रकारले सातो लिए (हेर्नुहोस भिडियो)

झापाको कमल गाउँपालिका वडा न: पाँचमा रहेको एउटा गाउँ नै डोजरले भत्काउन सुरु गरिएको छ । गाउँमा नै रुवाबासी मच्चिएको छ । करिब दस घर भत्काइ सकिएपछी अन्य एकसय चालीस घरपनि भत्काउने सुचना दिइएको छ भनेर स्थानियले जानकारी दिए ।

धेरै बर्ष अगाडी नै बसेको बस्ती अहिले आएर एकाएक उठाउन खोजिएपछी बालकदेखि वृद्धसम्मका आँसु थामिएका छैनन । रुदै दिनरात बितिरहेको ऊनीहरुको आफ्नो घरबार नै उठाउने भनेपछी कतै जाने ठाउँ नभएको बताउदै वृद्ध आमाबुबाले आँसु नै खसाले । स्थानीय सरकारलाई गुहार्न जादा पनि कसैले वस्ता नगरेको र वडा अध्यक्षले त झन त्यो बस्ती अनि बस्तिका कोहि पनि चिन्दिन भनेको ८० बर्सिय वृद्ध आमाले रुदै बताइन ।

आफ्नो दु:ख बताउदै उनिहरुले बर्सौ दुख गरेर बनाएको झुप्रो घरपनि भत्काएर आफुलाइ घरबारै बिहिन बनाउने योजनाको बिरोध गरेर आफुहरु घर भत्काउनु भन्दा अगाडी बाटोमै सुत्ने बताउदै डाको छाडे । कोहि गर्भवती महिला रहेको कोहि वृद्ध रहेको र जाने कतै ठाउँ नभएकाले कतै जाने केही खाने पनि ठेगाना नभएका कारण एक सय पचास घरको बिचल्ली नै भएको छ । कस्ले गर्दैछ यस्तो काम जसले यतिधेरै वृद्धदेखि बालबालिका डाको छाडेर रुन बाध्य छन ?

तलको भिडियोमा हेर्नुहोला बालक देखि वृद्धसम्मले डाको छाडेर यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला!