पोखराको फिर्के खोलाको कारण सम्बन्ध विच्छेद भयो, आखिर कसरी ?

फिर्केको समस्या समाधान गर्ने एजेण्डा लिएर स्थानीय सुनिलबहादुर कोइराला कास्की २ को उपचुनावमा उम्मेदवार बनेका थिए। मतदाता फकाउन र स्थानीयलाई थमथम्याउन महानगरले २ वटा सहमति गरेर फिर्केको मापदण्ड १ मिटरमा घटाउने समझदारी पत्रमा हस्ताक्षर गराए। वरिष्ठ कानुन अधिकृत नारायण शर्मा र महानगरका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष धनबहादुर नेपालीले चुनावी आचारसंहिता पनि नटेरी मापदण्ड घटाउने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

बर्सेनी खोला किनार मिच्न थालेपछि पोखरा महानगरपालिकाले खोलाको १० मिटर वरिपरी कुनैपनि संरचना बनाउन नपाइने नियम बनाएको हो।
तर, चुनावमा भोटका लागि मात्रै सहमति गरिएको र अहिले त्यो कार्यान्वयन नभएको सरोकार समितिका अध्यक्ष नारायणविक्रम शाही बताउँछन्। ‘भोट फकाउन हामीसँग सहमति गरिएको रहेछ। पहिले सहमति भयो। अहिले त्यो हरायो,’ उनले भने, ‘फिर्केपीडित नागरिकलाई सरकारले झुक्यायो। हामीलाई भ्रममा पारियो।’