अन्तिम पल्ट भेट्न आउँ भन्ने हिट गीतका गायक डम्बर नेपाली लामो समयपछि मिडियामा ,भेटे सुन्दरी प्रेमिका

काठमाडौं । चर्चित गायक डम्बर नेपाली नयाँ गीत ‘सुईटर फा’टेको’ भिडियो सार्वजनिक भएको छ । अनामनगरमा पत्रकार सम्मेलन विच भिडियो सार्वजनिक गरिएको घोषणा गरियो ।

गायक नेपालीकै स्वय शब्द संगीत रहेको गीतको भिडियो निर्देशन प्रविन भट्टले गरेका हुन् । भिडियोमा सम्झना रिमाल, विशाल घिमिरे, सोमु गुरुङ र जिना ब्रिजीले अभिनय गरेका छन् भने डम्बर नै भिडियोमा मुख्य भुमिकामा देखिएका छन् ।

ग्रामिण परिवेशको माया अनि गरिवीको पी’डालाई गीतमा मुख्य रुपमा उतारिएको गायक डम्बरले बताए । ‘आफ्नो प्रेमिकाको छेउमा कसलाई ‘टिपटप’ बनेर हिड्न मन लाग्दैन र ? गायक डम्बरले भने ‘ तर प्रेमिकालाई भेट्न सुईटर च्यातिएर समस्या भएका समस्या भएको कुरा उल्लेख गरिएको छ ।

लामो समय देखी नेपाली साँगीतिक यात्रामा अनवरत रुपमा लागिरहेका नेपालीले ‘सुईटर फा’टेको’को बाट आशावादी भएको बताए । गायक नेपालीको ‘मेरो जिवनबाट जाने भए जाँउ तर अन्तिम पल्ट भेट्न आउ ’ बोलको गीतले छिन्नलता पुरस्कार पाएको थियो ।डम्बर नेपाली संग गरिएको यो बिशेष कुराकानी हेरौ