रबि सर को आवाजमा नम्र शैली छ ,घमण्ड छैन । नम्रता वाग्ले

सामाजिक अभियन्ता / पत्रकार नम्रता वाग्लेको आवाज : फेसबुक वाल बाट जस्ताको तस्तै !
MCC को बिरोध गर्दा देशलाई कमजोर बनाउने बाहिरी हस्तछेप लाई बिरोध गरौं भनेर देश ,बिदेश बाट विभिन्न माध्यमले बोली रहनु भएको नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई एकछुट भई देशमा शान्ति कायम गर्न र नेपालीपन लाई जोगाउन हातमा हात मिलाएर कसैले समाजिक संजाल ,कसैले स्टुडियो ,कसैले ठाँउ ठाँउ मा विभिन्न हस्ताक्षर अभियान चलाउनु हुँदैछ र त्यो सफल पनि हुँदैछ।झन Pabitra Gautam दिदी ले live मै आएर MCC विरुद्ध कडा आवाज उठाउनुभयो र अहिले सम्म संजाल बाट आवाज उठाउदै हुनुहुन्छ त्यो उहाँको ब्यक्तिगत स्वार्थ होइन,देश प्रतिको चिन्ता हो।इशा गुरुङ दि ले खुलेर status मार्फत MCC विरुद्ध साथ दिनुहुँदैछ त्यो पनि उहाँको ब्यक्तिगत स्वार्थ हुँदै होइन,त्यो त उहाँले रास्ट्रलाई सकारात्मक सोच बोकेर गर्नुभएको सहयोग मात्र हो।एकातिर म जस्ता कयौंले अब त देशमा राम्रो होला भनेर आशाको किरण हेर्दै गर्दा अर्कोतिर किन रोडमा नआएर संजाल बाट मात्र कराएको ,किन status मात्र लेखेर बसेको ,अब स्टुडियोमा मात्र होइन सडकमा आउ भनेर शब्दले प्रहार गरेको,कसैलाई ज्यान मार्छु भनेर धम्की दिएको,कसैलाई साइबर क्राइम को मुद्दा लगाउछु भनेको?????

हिजोको दिनमा रोड बाट आवाज उठाउदा कति चुनौतीपूर्ण हुन्छ सडक भन्ने कुरा मैले पनि महसुस गरेकि छु।हो आन्दोलन गर्दा मानिसहरु हत्केलामा ज्यान थापेर हिडेकै हुन्छन् र मैले पनि ज्यान थापेरै हिंडेकि थिए।हो मेरो मृत्यु भएन किनभने मेरो आयु मैले लेखेको होइन त्यो त मलाई बनाउने भगवानले लेख्नुभएको हो तर आन्दोलनको क्रममा हुने पिडा त मैले पनि अरुले जस्तै भोगे तर त्यो पिडालाई पिडा भन्दा पनि मेरो जिवनको राम्रो कर्मको रुपमा लिए । हिजोको दिनमा मृत्यु भएको भए पनि म त खुशी हुन्थे किनभने मेरो आवाजमा कुनै स्वार्थ थिएन , सत्य थियो झन त्यो भन्दा ठुलो कुरा मैले मेरो जन्म दिने आमाबुबालाई मलाई केहि भयोभने चिन्ता नगर्नु होला बरु गर्व गर्नुहोला भनेर हिडेकि थिए,कुनै bodyguard लिएर आफ्नो सुरक्षा गर्दै हिडेकि थिइन ।जस्ले नकारात्मक शब्दले प्रहार गर्दै थिए तिनीहरु सङ बोलेर आफ्नो समय बर्वाद गर्न नचाहेर आफ्नै तरिकाले अघि बढे।एक पछी अर्को घटनाले ग्रसित नेपालमा सबैको आ-आफ्नो काम गर्ने शैली हुन्छ ,त्यो शैली प्रति कुनै बिरोध गर्दिन तर रोड मै आउनुपर्छ भनेर घुमाउरो पाराले गरेको प्रहार र fake id बनाउदै गरेको प्रहारलाई बुझ्दै नबुझ्ने पनि होइन।
जो भएपनि रबि सर र ज्ञानेन्द्र सर को फोटो हालेर प्रोफाइल बनाएर मलाई प्रहार गर्ने काम बन्द गर ।

रबि सर को आवाजमा नम्र शैली छ ,घमण्ड छैन । मैले रबि दा हजुर स्वतन्त्र भएपछी हजुरलाई भेट्न आउछु भनेपनि उहाँलाई अहिले सम्म भेट्न गएकै छैन किनभने म आफ्नो duty ले ब्यस्त छु र जहिले समयले साथ दिने छ म भेट्न जानेछु। राम्रो काम गर्ने म भन्दा उमेरमा सानोठुलो जो भएपनि हृदय देखि सम्मान गर्छु। रबि सर लाई कसैको fake id खोलेर बोल्ने फुर्सत छैन र त्यस्तो घटिया काम गर्नु पनि हुन्न ।उहाँले मलाई कहिलेपनि घुमाउरो पाराले प्रहार गर्नुहुन्न ,त्यो त म ठोकेर भन्न सक्छु । So Mind it कसैले भन्दैमा वा राजनिती खेल्दैमा मैले रबि सर प्रति गर्ने बिश्वासलाई अरुको कारणले कमजोर बनाउने पनि छैन ।चितवन आन्दोलनमा म ब्यक्तिगत उपस्थित भएकी थिए कुनै अभियान मार्फत होइन किनभने निर्दोषलाई नफसाइओस ,सत्यकुरा बाहिर आओस् भनेर न्यायको समर्थक थिए। Gyanendra Shahi सर ले पनि fake id खोलेर त्यसलाई माध्यम बनाएर प्रहार गर्नुहुन्न,जे बोल्नुहुन्छ खुलेर बोल्नुहुन्छ ।त्यसैले fake id बनाएर comment गर्दै प्रहार गर्नेहरु कसैको भक्त नै भएर मान्छेको नजरमा राम्रो बन्न र अरुलाई खसाल्न त्यस्तो गरेको हो भने I don’t care म कसैको भक्त होइन।सबैको राम्रो होस।समाजमा सकारात्मक परिवर्तन मात्र होस,हत्याहिंसा ,गुंडा शासन अशान्ति होइन।

नोट :जो जस्तो हुन्छ त्यो ब्यक्ति सङ उस्कै शैलीमा बोल्छु ।शान्त भई बोल्नेको लागि शान्त छु,आफुले बोल्दा जे पनि बोल्ने र अरुको कुरा हावामा उडाउने,एकातिर समाजमा सकारात्मक परिवर्तन भन्दै राजनीति गरेर सत्कर्मको नाममा समाज मै सकारात्मक काम गर्दै , नकारात्मक धारणा सृजना गर्नेहरुको लागि उसले बुझोस भनेर उस्कै शैली मा बोल्छु। संजाल बाट चिनेपनि Jwala Sangroula HB Tamrakar को बारेमा अहिले मलाई गलत धारणा दिन जसले खोजेपनि म त १% पनि लिन्न किनभने म direct कुरा गर्ने मान्छे हु ,मैले चिनेदेखि दुबै सङ कल गरेरै सधैं direct कुरा गर्दै आएकी छु। ज्वाला को लेखाइ कडा छ तर बोल्दा नम्र छ र सत्य बोल्छ,कसैलाई मार्ने नियतले बोल्दैन ।यथार्थ बाहिर ल्याउन समाजमा घटेको कुराहरु बारे टिप्पणी गरेर सत्य बाहिर ल्याउन खोज्छ र उ त उमेरमा अरु ब्याक्तित्वभन्दा सानो भएपनि नेपालको राजनीति अध्यन गरेर बुझ्दै आएको मान्छे पनि हो जसले राम्रो कर्मले समाजमा केहि गरु भनेर तत्पर अघि बढेको छ । म त ब्यक्तीको उमेरले होइन उसको कामले त्यो ब्यक्तीलाई हृदय देखि सम्मान गर्छु र राम्रो काम गर्ने जो भएपनि सम्मान गर्नेछु किनभने देशमा सकारात्मक परिवर्तन सङ सङै शान्ति पनि चाहिएको छ ??????

यो भिडियो पनि हेर्नुहोस :