सतिढुङ्गा माविका दुई विद्यार्थीलाई शैक्षिक सामाग्री

कल्पना फाउण्डेशन नेपालले जैमिनी–७ जैदीमा रहेको सतिढुङ्गा माध्यामिक विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीलाई शैक्षिक सामाग्री दिने भएको छ ।
छात्रवृति दिनको लागि फाउण्डेशन नेपालका सचिव सञ्जाल शर्मा, विद्यालयका प्रधानाध्यापक खेमबहादुर थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा बीच सम्झौता भएको छ ।

फाउण्डेशनले गरिव तथा जेहोन्दारका रुपमा कक्षा ९ मा अध्ययनरत खगेन्द्र राना र कक्षा ६ मा अध्ययनरत शर्मिला सुनारलाई एक वर्ष पुग्ने गरि शैक्षिक सामाग्री वितरण गर्ने सम्झौता गरेको हो ।

सतिढुङ्गा माध्यामिक विद्यालयको ४५ औँ वार्षिकोत्सवको मुल समारोहको अवसरमा सम्झौता भएको हो ।

फाउण्डेशनले वि.स २०७० सालदेखि नियमित रुपमा शिक्षा क्षेत्रमा सहयोग पुर्याउँदै आएको फाउण्डेशनका अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”ले जानकारी दिए । संस्थाले नियमित रुपमा विद्यालयमा अध्ययनरत फरक–फरक विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने समेत प्रतिबद्धता जनाएकाे छ ।