६ हजार धरौटीमा छुटे लगतै रक्सि खान हतार सांसद राजीव गुरुङलाई

एन्फा कास्की अध्यक्ष मिलन गुरुङ गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले मनाङेलाई आइतबार ६ हजार धरौटीमा रिहा गरेको हो ।

रिहा हुनुअघि आजै सरकारी वकिलको कार्यालयमा मनाङेसँग बयान लिइएको थियो । फागुन १३ गते उनलाई तारेख तोकिएको छ । रिहा भएपछि प्रतिक्रिया दिँदै मनाङेले ठग मिलन गुरुङविरुद्ध सफल भएको बताए । ‘एन्फा भ्रष्टाचार अब उजागर हुन्छ, यसको सुरुआत मैले गरेँ,’ उनले भने ।

हेर्नुहोस रिहा भएपछि यस्तो प्रतिक्रिया दिए सांसद राजीव गुरुङले