५ रुपैयाँमा खाना बेचेको दुई महिनाको यतिधेरै पैसा बोकेर भावुक हुँदै कुमार मिडियामा,के भयो अचानक यस्तो! (हेर्नुहोस भिडियो)

झापाको दमकमा बिगत महिनौंदेखी पाँच रुपैयाँमा सादा खाना दस रुपैयाँमा मासुभात अनि एक रुपैयाँमा सुत्ने होटलको ब्यबस्था गरेर दमकका युवाहरूले नेपालमै अचम्मको काम गरेका छन । दैनिक छ सयदेखी एक हजारसम्म मानिसहरुले त्यहाँ खाना खाइरहेको अभियानमा सक्रिय अभियानता कुमार राइले बताएका छन । कुमार राई योवन गुरुङ लगायतका दमकका धेरै समाजसेवी युवाहरुले चलाइरहेको कार्यक्रममा धेरैले सहयोग गरिरहेका छन ।

सस्तोमा खाना बाढ्दै गरेका युवा तथा समाजसेवीहरुलाइ विभिन्न कठिनाइ आइरहे पनि यो काम नरोकिने बताएका छन । यहाँबाट पाँच रुपैयाँ दस रुपैयाँ एक रुपैयाँ संकलन गरिएको पैसा इलामका दुबै मृगौला फेल भएका शुक्रराज लिम्बुलाइ उपचारका लागि खर्छ गरिदै गरिएको छ । काठमाडौमा उपचारकै क्रममा रहेका पच्चिस बर्सिय शुक्रराज लिम्बूलाई यो सानो सहयोग पनि निकै ठूलो बनेको छ ।

त्यसैपनी बाटोमा चिसोमा सुतेका सडक बालकदेखि वृद्धबृदाहरुको लागि पनि निकै राहत मिलेको छ । गरिब दुखीहरुका लागि यो अभियान सुरु गरिएको बताउने कुमार राई पछिल्लो समय निकै सामाजिक कार्यमा अघि सर्दै आएका छन । महिनौदेखि चलाइएको सहयोगार्थ कार्यक्रममा मान्छेहरुको भिड दिनानुदिन बढ्दै गएको पाइएको छ । दमकका होटलहरु बाइक शोरुम लगायतका विभिन्न ठाउँबाट धम्कि आएको बताउदै कुमार भावुक बने ।

अहिलेसम्ममा कति पैसा उठ्यो त अभियानबाट तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ।