आँखै अगाडी चितु*वाले छोरालाई झम्ट्यो, आमाले केहि गर्न सकिनन्, छोरा ममी भन्दै, आमा खुट्टा तान्दै ! घटनास्थलमा यस्तो देखियो

तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं ४ का इसाक सुनारलाई सोमबार भोज खाएर घर फर्किर्दै गर्दा बाघले आक्रमण गर्यो र ज्यान लियो । आमा र दाजुहरुसंग हात समाएर आउँदै गर्दै घर नजिकै बाटोमा इसाकलाई बाघले आक्रमण गरेको उनकी आमाले बताईन् । चितुवा भनिदै आए पनि यो बाघ जस्तै ठूलो रहेको र आफ्नै हातबाट माईलो छोरा इसाक सुनारलाई घिसार्दै लगेको उनले बताएकी छन् ।

आज करीब साँझ ६ बजेतिर गाउँमा भएको छेवरको भोज खाएर घर फर्कने क्रममा आमासँगै रहेका छोरा इशानलाई बाटैबाट चितु*वाले झम्टेर लगेको हो । घटनास्थलबाट करीब ८० मिटर तल मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।

केही समयअघि पनि आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा एक बालकको मृत्यु भएको थियो । तनहुँको भानु नगरपालिकामा, शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिकाको उत्तरी क्षेत्र, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाले आतङ्क मच्चाएपछि तनहुँवासीमा त्रास छाएको छ ।

कसरी दिउँसै आमाको हातबाट चितु*वाले बालक खोसेर लग्यो ? यो स्थलगत रिपोर्ट हेर्नुहोस् ।