50 घर बस्ती नै भत्किदै,सबैको रुवाबासी!,वृद्ध भुइँमै ढले,चिसो भुइँमा रात काट्दै बच्चादेखी वृद्धसम्म (हेर्नुहोस भिडियो)

झापाको कमल गाउँपालिका वडा न: पाँचमा रहेको एउटा गाउँ नै डोजरले भत्काउन सुरु गरिएको छ । करिब दस घर भत्काइ सकिएपछी अन्य एकसय चालीस घरपनि भत्काउने सुचना दिइएको छ भनेर स्थानियले जानकारी दिए । बीस बर्ष अगाडी नै बसेको बस्ती अहिले आएर एकाएक उठाउन खोजिएपछी बालकदेखि वृद्धसम्मका आँसु थामिएका छैनन । घरै भत्किएपछि एक वृद्ध भुइँमा लडिबडी गर्दै रुदै बिलौना गाए ।

यो देखेपछि सबैले डाको छाडे । रुदै दिनरात बितिरहेको ऊनीहरुको आफ्नो घरबार नै उठाउने भनेपछी कतै जाने ठाउँ नभएको बताउदै वृद्ध आमाबुबाले आँसु नै खसालेको देख्दा सबैको आँखा रसायो । आफ्नो दु:ख बताउदै उनिहरुले बिसौ बर्ष दुख गरेर बनाएको झुप्रो घरपनि भत्काएर आफुलाइ घरबारै बिहिन बनाउने योजनाको बिरोध गरेर आफुहरु घर भत्काउनु भन्दा अगाडी बाटोमै सुत्ने बताउदै डाको छाडे । कोहि गर्भवती महिला रहेको कोहि वृद्ध रहेको र जाने कतै ठाउँ नभएकाले कतै जाने केही खाने पनि ठेगाना नभएका कारण एक सय पचास घरको बिचल्ली नै भयो ।

कस्ले गर्दैछ यस्तो काम जसले यतिधेरै वृद्धदेखि बालबालिका डाको छाडेर रुन बाध्य छन ? तलको भिडियोमा हेर्नुहोला बालक देखि वृद्धसम्मले डाको छाडेर यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला!