स्वस्थानी ब्रत कथा भाग – १५ सुन्नुहोस् ! स्वस्तानी माताले हामी सबैको रक्षा गरुन्

मिति २०७६ साल साउन २५ गते शुक्रबार पौष शुक्ल पूर्णीमा तिथी देखि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी आजबाट आरम्भ हुँदैछ ।आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्नुहुन्छ । यो व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ ।व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापुर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने परम्परा रहि आएको छ ।

एक महिना सम्म व्रत वस्ने विधि – श्री स्वस्थानी परमेश्वरीको व्रत बस्ने व्यक्तिले पौष शुक्ल पूर्णीमा देखि आरम्भ गर्नु पर्दछ। आघिल्लो दिन हात गोडाका नङ काटी पवित्र भएर एक छाक मात्र खाएर बस्नु योग्य हुन्छ । पूर्णीमाका दिन म आज देखि म श्रीस्वस्थानी परमेश्वरीको व्रत गर्दछु भन्ने प्रतिज्ञा मनले गर्नु शुभ हुन्छ। त्यस दिन देखि एक महिना सम्म सात्विक भोजन गरि, कसैसँग दुर्वाच्य नबोली, निष्कपट भाव लिई व्रत आरम्भ गर्नु पर्दछ । नित्य प्रातः कालमा उठेर स्नान – सन्ध्या, नित्य–क्रिया सकेर जो भएको पत्र, पुष्प, फल, जलले स्वस्थानी परमेश्वरीको पुजन गर्नु पर्दछ। मध्यान्ह भएपछि जगदिश्वर श्रीमहाँदेवको शक्ति अनुसार सबै सामग्री तयार पारेर पुजन गर्नु पर्दछ ।

त्यो क्रम सकेसम्म महिना दिन सम्म टुटाउनु हुँदैन । सके सम्म नखाईकन, नसकिने अवस्थामा भोजन गरेरै भएपनि श्री स्वस्थानी परमेश्वरीको कथा भन्नु, मन लगाएर सुन्नु एवं ईष्टमीत्रलाई समेत डाकेर सुनाउनु शुभ हुनेछ । यस क्रमले माघशुक्ल पूर्णीमाका दिन आएपछि कथा समाप्त गरि तामाको थालीमा ॐ कार लेखि शुद्ध वालुवाको शिवलिंग बनाई स्थापन गर्नु र जौ, तिल, अक्षता, वेलपत्र, यज्ञ सुत्र, पान, सुपारी, मलपुवा, बत्ती, अरु पनि पाईएका सामग्री सबै एकसय आठका दरले गनेर चढाउनु पर्दछ। अन्त्यमा अर्घ दिएर आफ्नो मनोकामना पुरा होस भन्ने मनले सम्झेर देवीको प्रार्थना गर्नु पर्दछ । विधि पूर्वक पुजा सम्पन्न गरि नगनेको प्रसाद सबैलाई बाँड्नु, गनेको आठ आठ को दरले आफ्ना पति लाई दिएर बाँकी आफुले खानु शुभ हुनेछ।

यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ ।श्रीस्वस्थानीको व्रतकालमा काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अङ्ग पतन भएका शक्तिपिठहरुमा घुइँचो लाग्ने गर्दछ ।श्रीस्वस्थानीको व्रतमा नेपाली भूमिको वर्णन गरीएको छ । श्रीस्वस्थानीमा चर्चा गरिएको शाली नदी र श्लेशमान्तक वन नेपालमा छ । कथामा उल्लेखित हुने विषय र घटना नेपाल कै सेरोफेरोमा भएको स्कन्द पुराणमा उल्लेख छ । साथै पावर्तीको पिता हिमालय पनि नेपाली हिमक्षेत्रमा रहेको छ ।