पोखरामा एक महिलाले एकै पटक ४ बच्चा पाइन, यस्ता छन् ३ छोरी र एक छोरा

पोखराको मणिपाल कलेजमा एक महिलाले चम्ल्याहा (चार शिशु) शिशु जन्माएकी छन् । स्याङ्जाको पुतलीबजार १ की २६ बर्षिय सुनिता पौडेल प्रधानले चम्ल्याहा (चार शिशु) शिशुलाई जन्म दिएकी हुन् ।

उनले ३ छोरी र १ जना छोरालाई जन्म दिएकी हुन् । मणिपल कलेजमा बिहीबार तीन छोरी र एक छोरा जन्माएको उनको सल्यक्रियामा संलग्न डाक्टर डा. महेन्द्र पाण्डे जानकारी दिए उनले पहिलो बच्चा छोरी १.६ किलोग्राम तौलकी छोरी, दोश्रो १.३ किलो ग्रामको छोरा, तेश्रो छोरी १.३ किलो ग्राम र चौथो १.४ किलोग्रामकी छोरीलाई जन्म दिएकी हुन् । हाल ति सबै शिशुको अवस्था सामान्य छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । तर चार शिशुको कुल तौल ५.६ रहेको अस्पतालले जनाएको छ ।

मनिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डे सहितको ४ जनाको टोलीले शल्यक्रिया गरेरका थिए । चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । ती शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।