दैविक शक्ति अकला देवी मन्दिर जहाँ आफै शंखघण्ट बज्छ (भिडियो सहित)

पृष्ठभुमी : नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकला देवीमा रहेको मुर्ति बनावटी नभई त्यही रहेको शीलामा शिंह र नन्दीको आकृति रहेको छ । मन्दिर भित्र भएको विशाल शीलालेखलाई नै आद्यशक्तिको रुपमा परापुर्ब देखिनै स्थानीय आदिबासी मगर जातिहरुले कुलायन देवीको रुपमा पुजा गर्दै पछी सबै जातजातिले अकलादेवीको नामले पूजा गर्दै आएको छ ।

दैबिशक्ति : मन्दिरमा भएको बिशाल शिला पुन निर्माणको चरणमा जग राख्ने बेला शिला लगभग १० फिट तल खन्दा पनि शिला नह्ल्लनु ,शिलामा ३३ कोटी देवताको आकार हुनु , अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शंखघण्ट बज्ने , दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा मन्दिर परिसरमा रहेका घण्ट आफै हल्लिने, बाह्रै महिना कटहर फल्ने , अकला मन्दिर नजिकै रहेको अर्धनारेश्वर रुद्र देवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्ने ,सिलामा धेरै रुपहरु देखिने , सस्कृत शब्दमा किल भनेको शिव र चोक भनेको आगन अर्थात किलचोक भनेको शिवजीको आगन हो भन्ने किम्बदन्ती हुनु ,दक्षिण पट्टि बतासन ऋषिले तपस्या गरेको गुफा र घमाईलो दृश्य हुनु उत्तरी भेग कहिल्यै घाम नलाग्नु,गर्मि नहुनु जसले गर्दा पिकनिक स्थल बन्न सक्ने सम्भाबना हुनु , श्रद्धालु भक्तजनहरुले गरेको भाकल र मनोकामना पुरा हुनु ,एकै जनाले तिन वर्ष सम्म सहस्र चण्डी पाठ गराउनु ,जस्ता किम्बदन्ती र यथार्थ हुनु आदि लाई दैवीशक्ति भएको जनविश्वास छ ।

यो मन्दिरको महिमा बुझेर योगी नरहरि नाथ खोज्दै आफै सक्रिय भई २०५५ सालमा ८५ औं कोटीहोम लगाउनु यसै गरी श्री अकलादेवी र रुद्रदेवी मन्दिरको स्तरोन्नति एवं तनहुँ म्याग्दे ३, किलचोकलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न धर्मगुरु व्यासाचार्य किशोर गौतम ज्यूको सक्रियतामा २०७४ चैत्र २५ गतेबाट २०७५ बैशाख ३ गतेसम्म भएको श्रीमद् देवीभागवत विराट धनधान्याचल ज्ञान ज्ञानमहायज्ञमा दिनहु दार्शनिक प्रबचन दिनु तर एक रुपया नलिकन हासिहासी जानु अन्य ठाउमा महायज्ञ पछी बिदा गर्दा लाखौ रुपया दिदा पनि प्रबचन दिने पुरोहित रोइ रोई गएको देखिन्छ यस लाई पनि दैबिशक्ति भएको प्रतक्ष्य अनुभूति भएको छ । सो यज्ञमा व्यास पण्डित पुरुषोत्तम वस्यालको प्रमुख वाचकत्वमा भएको सो कार्यक्रममा गरिव गाउमा लगभग १ करोंड आम्दानि र १२ लाख मात्र खर्च हुनु पनि दैबिशक्ति भएको अनुभूति छ ।

महायज्ञ सिद्धीनासाथ अकलादेवी मन्दिरको गुरुयोजना बनेको केहिदिन पछी पेस गरेको निवेदन लाखौ रुपयाँ गापा , प्रदेश सरकार आदिवाट पर्नु गुरुयोजना अनुरुपको काम सोचेको भन्दा छिटो हुनु एकै दिनमा मन्दिर बनाउन ९२ जना मानिस ,७५ बोरा सिमन्ट , लगभग दिनहु तिन चार टिपर गिट्टी, बालुवा, सिद्दीनु एक महिना नहुदै पक्कि भजन कृतन पाटी सिद्दिनु , काम गर्ने ठाउ हिलो ,झरी .पत्थर मा काम गर्न पर्नु तर समयमै सिद्दिनु ,दिनहु पत्रकार ,कार्यालय प्रमुख अनुगमनमा खटिनु कामगर्नको लागि पद चाईदैन भन्ने अनुकरणीय उदाहरण देखिनु , गाउले स्व-उत्प्रेरित, स्व-निर्देसित, स्व-नियन्त्रित सयौले मन्दिरकै लागि काम गर्नु ,आदिलाई दैबिशक्ति भएको अनुभूति छ ।

श्री अकलादेवी मन्दिरको गुरु योजना अनूरुप मन्दिर निर्माण शिलान्यस गर्नका लागि ऊध्र्वाम्नाय श्रीकाशीसुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य अनन्त श्रीविभुषित स्वामीनरेन्द्रानन्द सरस्वती जी महाराज, धर्मगुरु व्यासाचार्य किशोर गौतम, डा. कैलाश त्रिपाठी, दण्डी स्वामी अखण्डान्द तिर्थ, प्रपण्डाचार्य जी महाराज, बज्रभुषण दास जी महाराज आदि आई मन्दिरको पुन निर्माणको सिलान्यास २०७६ बैशाख १६ गते सोमबारका दिन भएको थियो सोहि दिन भेलाले ऊध्र्वाम्नाय श्रीकाशीसुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य अनन्त श्रीविभुषित स्वामीनरेन्द्रानन्द सरस्वती जी महाराज लाई प्रमुख संरक्षक र धर्मगुरु व्यासाचार्य किशोर गौतम लाई संरक्षक मा सर्बसम्मत सिफारी गरेको थियो हिन्दु धर्मको सबै भन्दा ठुलो मानिस मन्दिरको प्रमुख संरक्षक पाउनु लाई शक्तिपीठ भएको स्थानीयवासी ले अनुभूति गर्दछन ।

२०७६/९/२३ मन्दिर ब्यबस्थापन समितिले मन्दिरको प्रबर्धन र अबलोकन भ्रमण , भेटघाट र भ्रमण वर्ष २०२० लाई लक्षित गरी गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयका मन्त्री बिकास लम्साल, प्रदेस सासद आसा कोईराला, दोबाटे बिक , जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले , जिल्ला समन्वय उप प्रमुख पवित्रा पौडेल, विभिन्न कार्यालय प्रमुख , गापा अध्यक्ष, उपाध्यक्ष, वाडा अध्यक्ष ,जनप्रतिनिधि ,स्थानीय व्यक्तिहरुको बाक्लो उपस्थिथि रहेको सो कार्यक्रममा अकला देवी निर्माण समितिका संयोजक रामभक्त घिमिरेले अकला देवी मन्दिर लाई धार्मिक पर्यटकिय क्षेत्रमा सुचिकृत गर्न र बनिरहेको अपुरो मन्दिरको डिपिअर लाई पूर्णता दिन राखेको प्रस्ताब लाई गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयका मन्त्री बिकास लम्साल, प्रदेश सासद आसा कोईराला, दोबाटे बिक , जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले ले समर्थन गर्दै आफ्नो भनाई राखेका थिए मन्त्री आउछन कि आउदैनन सामान्य अबलोकन गर्न औदैनन् भन्दा भन्दै आएर धार्मिक पर्यटकीय स्थलको रुपमा सुचिकृत गरि सक्दो सहयोग गर्ने र वास्तविक शक्तिपीठ भएको मन्दिरको दर्शन गर्न पाएकोमा गर्भको अनुभूति गर्नुलाई दैबिशक्ति भएको मन्दिरको स्थानियवासी बताउछन ।

कोटिहोम चलाउन सक्छन भन्दाभन्दै कोटीहोम चल्नु,महायज्ञ चल्छ भन्दा भन्दै चल्नु , गरिव गाउमा रुपैया उठ्छ भन्दा भन्दै लगभग करोड उठ्नु , डिपीआर अनुसार मन्दिरको संरचना वन्छ भन्दाभन्दै काम सुरु गरेको एक वर्ष पुरा नहुदै ,अकला देवी मन्दिर निर्माण, पश्चिमी साइडको भजन कृतन पाटी निर्माण कार्य सम्पन्न हुदै छ भने मुल गेट निर्माण, शिवालय मन्दिर निर्माण , होवन कुण्डको निर्माण , वातावरण मैत्री उद्यान निर्माण कार्य (मन्दिरमा) यसै वर्ष सम्पन्न हुन सक्नु लाई चमत्कार भएको अनुभूति गर्छन केहि मन्दिरको प्रबर्दन गर्न खोज्दा चमत्कार मचिनु आदि लाई दैवि शक्ति भएको अनुभूति गर्छन पत्रकार आउदा ,ईन्द्रेनी टिम आउदा , जगत गुरु शंकरयाचार्य आउदा घन्टी हल्लानु दैवि शक्ति भएको जनबिस्वास गर्दछन । अकला देवी मन्दिरको प्रांगणमा सबै पार्टी अटाउने मन्दिर बनेको छ बिपी स्मृति र पुस्पलाल स्मृतिको उपलक्षयमा मन्दिरको कम्पाउण्ड मा वृक्षारोपण गरे यो पनि दैवी शक्ति भएको अनुभूतिछ ।

डिपीआर सम्पन्न भए पछीको किलचोकको महत्व : किलचोकलाई धार्मिक पर्यटकीय तथा वनभोज स्थलको रुपमा विकसित गराई स्थानीय रुपमा निम्न आय भएका व्यक्ति,परिवारको आय आर्जनमा वृद्धि गराउनुको साथ साथै रोजगारीका अवसर वृद्धि गराउन मद्त गर्ने छ। स्थानिय समुदायलाई पिउने पानी, सरसफाई र फोहर मैला ब्यवस्थापन गर्नुको साथै प्रत्यक्ष्य गाउको बिकास गर्न सहयोग गर्ने छ । यो गुरु योजना सम्पन्न भए पछी धार्मिक पर्यटक ,सास्कृतिक, बातावरणीय ,र प्राकृतिक मनोरम दृश्य हेर्न पर्यटकहरु बढ्नेकुरामा माथिल्लो सेती परियोजना र निर्माण सुरुभइ रहेको धयेरे किलचोक पक्कि मोटर मार्गले थप योगदान पुग्ने छ ।

गुरूयोजना कार्यक्रमको लक्ष्यः किलचोकलार्इं धार्मिक तथा पर्यटकीय स्थलको रूपमा सर्वाङ्गीण विकास गर्ने गुरूयोजा उद्देश्यहरु; १.किलचोकलाई धार्मिक पर्यटकीय स्थल बनाउन आवश्यक भौतिक निर्माणको कार्य सम्पन्न गर्ने , २.किलचोक अकला देवीको मन्दिरको स्तरोन्नति गर्ने, ३. अकला देवी मन्दिर वरपर रहेको जमीनमा वनभोज स्थल निर्माण गर्ने, ४.अकला देवी मन्दिर वरपर रहेको जमीनमा वातावरण मैत्री उद्यानहरु निर्माण गर्ने , ५. अकला देवी प्रति धार्मिक आस्था र विश्वास जगाउने, ६. अकला देवी नजिक रहेको रुद्रदेवीको स्तर अन्नतीलाई सहयोग गर्ने ।

संचालन गरिने निर्माण कार्यक्रमहरु : १. अकला देवी मन्दिर निर्माण २. शिवालय मन्दिर निर्माण ३. होवन कुण्डको निर्माण ४. पश्चिमी साइडको भजन कृतन पाटी निर्माण कार्य ५. दक्षिण साइडको ब्यबसायिक भवन निर्माण कार्य ६. उत्तर साइडको सामाजिक भवन निर्माण कार्य ७. मुल गेट निर्माण ८. वातावरण मैत्री उद्यान निर्माण कार्य(मन्दिरमा) ९.पैदल मार्ग निर्माण कार्य १०. बनभाज स्थल निर्माण कार्य ११. वातावरण मैत्री उद्यान निर्माण कार्य (बनभोज स्थल) ।

निर्माण कार्यक्रम बनिरहेकोले देश विदेश भित्र रहने जो कोहिले सहयोग गर्ने भए तनहु श्री अकला देवी मन्दिर किलचोक कैलास बिकास बैंक दमौली शाखाको खाता न.००४००१००१८९९८०००००५ मा जम्मा गर्न मन्दिर निमार्ण समितिका सयोजक रामभक्त घिमिरे बताउनु हुन्छ । डिपीआरमा भएको ११ वटा क्रियाकलाप मध्ये यसै वर्ष आधा क्रियाकलाप पुरा हुनेछ तपाइको सहयोगले गण्डकी प्रदेशको अनुकरणीय प्रमुख धार्मिक पर्यटकीय मन्दिर बन्न सक्छ ।