ल्योसार पर्ब कसरि मेकअप भनेर चिन्तित हुनुहुन्छ भने अब ढुक्क हुनुहोस तपाई हरुको लागि हामीले लेर आएको छौ ल्योसार पर्ब मेकअप

रेक युवतीको राम्रो देखिएर हिँड्ने इच्छा हुन्छ युवतीहरूमा को भन्दा को कम हुने प्रतिस्पर्धा नै चल्छ । सुन्दर देखिन कमसेकम धेरथोर मेकअप त गर्नैपर्छ । यसकारण हरेक युवतीलाई आफ्नो मेकअप किटमा कुन–कुन प्रोडक्ट सामग्री हुनुपर्छ भन्ने कुराको जानकारी आवश्यक छ ।

आफू सुहाउँदो हरेक प्रोडक्टमा ध्यान दिनु जरुरी हुन्छ । मेकअप प्रोडक्ट पनि उच्चकोटीको हुनुपर्छ । अनुहारमा आफ्नो अमेरअनुसार न्याचुरल लुक्स कायम गर्न सक्नुपर्छ । आफ्नो सुन्दरतामा निखार ल्याउन प्राकृतिक लुक्स कसरी बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ । सामान भएर मात्र हुँदैन त्यसलाई उचित तरिकाले प्रयोग गर्न जान्नुपर्छ अन्यथा सुन्दरतामा र्‍हास आउँछ।

यसै बिच आज मैले लिएर आएको छु हजुरहरुको लागि ल्योसार पर्ब कसरि मेकअप गर्ने बारे

फेस मेकअप : सबैभन्दा पहिले अनुहारलाई राम्रोसँग क्लिन्जिङले सफा गर्ने । त्यसपछि ओपन पोर्स बन्द गर्न टोनर लगाउने र अनुहारमा प्राइमर लगाएपछि पातलो लेयरको छालालाई पूर्णरूपले ब्लेड गर्ने । त्यसपछि फिचर्स सार्प देखाउन अनुहार करेक्सन गर्ने । कटिङमार्फत चौडा नाकलाई पातलो देखाउन सकिन्छ अर्थात् निधार चौडा छ भने त्यसलाई पनि कटिङ गर्ने । त्यसपछि छालाको बेसअनुसार ब्रसले पेनकेक डाउनवर्ड लगाउने । अनुहार खुलाउन गालाको जलाइन एरियाबाट कटिङ गर्ने । फेरि टान्सल्युसेट पाउडर लगाउने वा पोलिसिङ ब्रसले अनुहार पोलिस गर्ने । अन्त्यमा स्टुडियो फिक्सर लगाउने जसले मेकअपलाई फिक्स गर्छ ।

आइमेकअप : आफ्नो इच्छाअनुसार गाजल वा आइलाइनरले सेप दिने । त्यसपछि स्याम्पेन वा गोल्डेन आइस्याडो लगाउने । आइमेकअपमा आँखाको किनारसम्म थोरै डार्क सेड बनाउने । त्यसबाहेक मस्काराले आइब्रोको मुन्तिर आकार दिने अनि फेरि ब्रोज ब्रस गर्ने । आँखामा गोल्डेन कलरको हाइलाइट लगाउने । अन्त्यमा आइल्यासमा मस्कारा प्रयोग गर्ने, मस्कारा जति बाक्लो लगाइन्छ आँखा त्यति नै आकर्षक देखिन्छ ।

लिप मेकअप : अनुहार सफा गरेपछि ओठलाई मुलायम बनाउन लिप बाम लगाई त्यत्तिकै छोड्ने जसले ओठलाई नरम बनाउँछ । मेकअप सकिएपछि ओठको आउटलाइन बनाएर लिपिस्टिक लगाई ग्लस प्रयोग गर्ने ।