देश बिकाश मा युवाहरुको भूमिका

आर्यन सिके – हाल अबु धबी – संयुक्त अरब इमेरेट्स,
युवाहरु देशका मेरुदण्ड हुन् । हरेक देशमा युवाहरुलाई बिसेष रुपमा सहायता सुबिधा तथा विभिन्न किसिमका छुट प्रदान गरिन्छ। जस्तै शिक्षा, उच्च शिक्षा हरेक किसिमका प्राबिधिक तालिम हरुमा प्रोत्साहन गरिन्छ। किनी कि त्यहाका सरकारलाइ राम्रो संग थाहा छ युवा देशका भबिस्य हुन् । यो समय यिनीहरुलाई राम्रो संरक्षण, मार्गदर्शन गर्न सके देशको कायापलट गर्न क्षमता हुन्छ र महत्वपूर्ण भूमिका खेल्छन।

दुर्भाग्य, नेपालको सन्दर्भमा यो एउटा दिवा सपना मात्र हो, न सरकार ले सस्तो सरल सुलभ शिक्षा दिन सक्षम छ न त नया प्रविधिको समय अनुकुलको शिक्षा नै छ। जसो तसो गरिब किसान आफु हरु खाइ नखाई पढाए पनि स्वदेशमा पढाइ अनुसारको, सिपनुसार रोजगार नहुदा दिनहु लाखौको मात्रामा पर्देसिनु को पिडा राजधानीका मेनपावरको भिड र श्रम कार्यालयको भिड बाट प्रस्ट हुन्छ। हाम्रो देश बिकाशमा मुख्य समस्या नै योग्य पढे लेखेका, नया जोश जागर भएका युवाहरुको प्रतिभालाइ पहिचान गरि, उनीहरुको भावना को उचित कदर उपयोगमा लगाउन नसक्नु नै हो।

हामी सधैं आफ्नो युवाको लागि भविष्य निर्माण गर्न सक्दैनौं तर हामी आफ्नो युवालाई भविष्यका लागि निर्माण गर्न सक्दछौं । तर त्यसको लागि सरकार गम्भीर, तथा केहि गर्ने प्रेरणा र पुर्बधार तयार गर्नु मुख्य आवश्यक छ। आज हाम्रो देशमा ४०।६८% युवाहरु १६-४० बर्षका छन् त केवल निराशा र चिन्तित मात्र छन् जुन देशको लागि राम्रो संकेत होइन । सरकार संबिधान, काम र असल नियत अनि चरित्र बाट चल्छ दुइतिहाईको धम्भ बाट होइन, धम्भको उचाई सगरमाथा सम्झे पनि २ बर्ष पछि जनताको खुट्टा मुनि नै हुन्छ।

त्यसमा पनि आजका युवाहरु हरेक परिस्थितिसंग परिचित भै सकेका छन् चाहे उनीहरु युरोपका गल्लि देखि खाडीका बालुवा मरुभूमि र गर्मि देखि नेपालमा साहु ऋण र बेरोजगार को सिकार बाट ग्रस्थित भएर नै अप्रिय घटनाहरु सुन्नमा आएका छन् । हामी नेपाली इमान्दार बहादुर विश्वमा आफ्नो नाम र काम बाट चिनीएका छौ । तर हाम्रो यो इमान्दारिता, धैर्य र निराशाका बाधहरु अब धेरै दिन सहन सक्ने स्थितिमा छैनन् । इतिहासका धेरै कालखण्डहरुबाट युवाहरुलाई हरेक राजनीतिक युद्द र परिबर्तनका लडाइहरुमा मात्र प्रयोग गर्ने शास्त्र र हतियारको रुपमा लियिएका छन्।

युवाहरुको शक्ति ज्ञान सिप र बिबेकलाइ देशबिकाशमा लगाउने सत्ता र सरकारको खाचो छ जब सम्म निराशा युबाहरुलाई खुसिसाथ् राष्ट्र निर्माण कार्यमा समावेश गरिदैन तब सम्म विकास र समृधिको कल्पना सम्म गर्न सकिदैन। सरकार दुनियामा आफ्नो बहादुर इमान्दार र मेहनती छबि बनाएका युवाहरुलाई आफ्नै देशको सरकारले समयमा समट्ने खालको पुर्बाधार र रोजगारीका अबसरहरु सिर्जना गरि हाम्रो सामूहिक भविष्यको लागि वातावरण र नीतिहरू निर्माण गर्न आवश्यक छ।

यति भए मात्र अब आउने हाम्रा भाबी पुस्ताले इतिहासमा लेख्ने र सम्झने छन् । सरकारमा बसेका नेताहरुहो हजुरहरु कहिले पनि रोक्न सक्नुहुन्न र युवा भएको नाताले हामीले युवाबाट नेतृत्व कसरी दिनु पर्छ भन्ने जानेका छौ र मलाई लाग्छ कि अब यो सहि समय हो। यो वर्गीय युद्ध होइन, यो पीढ़ी युद्ध हो जुन ठुलो अन्याय र मर्कामा युबाहरु नै बढी छन् । यो प्रशासन र नेताहरूले युवाहरु बिरूद्ध युद्ध घोषणा साबित भैरहेको छ जुन मार र पिडामा युवाहरु रन्थनियाका छन्।

यो यहाँ भइरहेको वास्तविक युद्ध हो। युवा सधै समाधान हो – समस्या कहिले होइन! हामीले चाहे केही पनि हाम्रो असम्भव हुँदैन। तेसैले ढिला नगरौ युवा भोलि नेताहरू हुन सक्छन । धन्यवाद