मनकामनामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल बि.सं. २०७६ साल पुष २ गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं. २०७६ साल पुष २ गते बुधबार ई. सं. २०१९ डिसेम्बर १८, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौष कृष्ण पक्ष सप्तमी तिथी, पूर्वफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा। प्रिती योग, भद्रा करण। नेपालमा, सूर्योदय बिहान ०६ः५० बजे, सूर्यास्त साँझ ०५ः१० बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि सिंह हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार समय, तिथि, नक्षत्र ईत्यादीमा पनि अन्तर हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आज बुद्धिक्षेत्रमा बलियो चन्द्रमाको उपस्थिति छ । त्यसैले बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । खासगरी विद्यार्थीहरूले रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अध्ययनमा प्रगति हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ५ र शुभदिशा पूर्व । आज कार्य सफलताका लागि आजको कार्यसिद्धि मन्त्र ॐ घृणि सूर्याय नमः ०७ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुनसक्छ । छात्रछात्राको पढाइलेखाइमा प्रगति हुने समय छ, तर जेसुकै गर्दा हडबड र शीघ्रता गरेमा काम दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्नु छ भने केही समय पर्खंदा राम्रो हुनेछ । कडा मिहिनेत र प्रयत्न गर्दा जुनसुकै काम फत्ते गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ । आज तपाईका लागि शुभरङ्ग गाढा रातो, शुभअङ्क ८, शुभदिशा उत्तर। आज कार्य सफलताका लागि कार्यसिद्धि मन्त्र ॐ सों सोमाय नम ११ पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । छात्रछात्राहरूको पठनपाठनमा प्रगति हुनेछ र गृहिणीहरूले परोपकारी र सामाजिक कामबाट सम्मान र प्रतिष्ठा आर्जन सक्नेछन। आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ७, शुभदिशा पश्चिम। आज कार्य सफलताका लागि ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः मन्त्र ०८ पटक जप गर्नु शुुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइने समय छ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरूलाई समेत फाइदा दिलाउन सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । मुखमा चन्द्रमा बसेको दिन छ, बोलीका माध्यमबाट नै काम बनाउन सक्नुहुनेछ । आज तपाईका लागि शुभरङ्ग सेतो वा उज्यालो, शुभअङ्क ६, शुभदिशा दक्षिण। आज कार्य सफलताका लागि ॐ धनप्रदाय कुबेराय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आज मिहिनेत गर्दा पनि काम बन्न नसक्दा दिक्क भने लाग्न सक्छ । आत्मबलमा कमी भएको अनुभूति हुनेछ । ईष्र्या गर्नेहरूले डाहा गर्न छाड्दैनन। तर प्रयासरत रहेमा र लगनशील भएमा आज ठूलो फाइदा नभए पनि असफल नै भइँदैन । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । कम बोलेको राम्रो हुनेछ । सोच र तार्किक क्षमताको प्रदर्शन गर्न सकेमा मात्र लाभ दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ५, शुभदिशा पूर्व आज कार्य सफलताका लागि कार्यसिद्धि मन्त्र ॐ गं गणपतये नमः १० पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आज तपाईले धेरै आशावादी नभई लगनशीलता र इमानदारीका साथमा काम गर्न सके उपलब्धी नै हासिल गर्न सकिने दिन छ । आम्दानीका बाटोमा केही असहजता देखिए पनि मिहिनेत गर्दा आजको आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्र्धी हरु सक्रिय हुनसक्छन। काममा गोपनीयता कायम राख्नुपर्छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ । आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो, शुभअङ्क ८, शुभदिशा उत्तर। आज कार्य सफलताका लागि ॐ कें केतवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइनसक्छ। श्रमको उचित मूल्याङ्कन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन र प्रसन्नता पनि मिल्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनसँगको सम्बन्ध आत्मीय बन्नेछ । आज तपाईका लागि शुभरङ्ग सेतो वा सुन्तले, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ नमः शिवाय
मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भेटघाटले काममा उत्साह बढाउला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मातापिताको सहानुभूति मिल्नेछ । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ६, शुभदिशा दक्षिण आज कार्य सफलताका लागि ॐ शं शनैश्चराय नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । अनुभवीको सल्लाह र सुझाव प्राप्त हुनेछ । व्यवसायिक वा पेसागत जीवनमा साख कायम रहने छ । व्यापारबाट राम्रै लाभ लिन सकिने छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा पनि उन्नति गर्ने समय छ । मातापितासँगको सम्बन्धमा चिसोपन देखिएको छ भने अब अन्त्य हुनेछ । आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ नमो भगवते वासुदेवाय मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आज तपाईका लागि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । कमजोरीले चिन्ता बढाउन सक्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यप्रति सचेत हुनु उत्तम हुनेछ। विश्वास गरेको व्यक्तिले घात गर्ने परिस्थिति बन्नसक्छ, होस राख्नुपर्छ । आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ४, शुभदिशा उत्तर। आज कार्य सफलताका लागि ॐ सङ्कटाभगवत्यै नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –आज तपाईको मनोरञ्जन केन्द्रित दिन हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । व्यवसायमा लाभ लिने समय छ । आतिथ्यपूर्ण सम्मान पाइएला । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । आज तपाईका लागि शुभरङ्ग सुन्तले, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ शुं शुक्राय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –आज तपाईका लागि मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ, उपहार प्राप्त हुनेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । प्रतिस्पर्र्धीले चलखेल बढाए पनि डराउनु पर्दैन । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ । आज तपाईका लागि शुभरङ्ग छिर्केमिर्के बुट्टे, शुभअङ्क २, शुभदिशा दक्षिण, इष्टदेवता गणेश। आज कार्यसफलताका लागि ॐ बुं बुधाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।