बहुमुखी प्रतिभाकी धनी मोडल शोभा महर्जन

रामकुमार श्रेष्ठ @Ramkshrestha
शोभा महर्जन नेपाल भाषाको गत बर्ष २०१८ र २०१९ को महिलातर्फको बेस्ट मोडल मात्र नभएर उनी फेसन डिजाइनर, ब्यबसायी र साहित्यकार पनि हुन । दुई बर्षको अबधिमा उन्ले सवा दर्जन जति म्युजिक भिडियो, चार वटा सर्ट मुभि र ठूलो पर्दा “बसन्त ॠतु” मा भूमिका निर्बाह गरेकी छिन जुन संख्या नेपालको सन्दर्भमा अत्यन्तै उच्च हो । तीमध्ये कर्णदासको सपनिमै सांगितिक भिडियोमा शोभाको भूमिका सरोज खनालसंग छ भने नबिन महर्जनको थाउ हकानामा उन्ले धिरेन शाक्यसंग भूमिका निर्बाह गरेकी छिन् । बसन्त ॠतु (नेपालभाषा), घात (नेपालभाषा शर्ट मुभि), स्वानु (मौन शर्ट मुभि), My story (सांगितिक शर्ट मुभि) मा नायिकाको भूमिका निर्बाह गरेकी शोभाले लसता र लिछुगु स्वचेतना (नेपालभाषा शर्ट मुभि) मा निर्देशकको भूमिका निर्बाह गरेकी छिन् ।

न्यासनल इन्स्टिच्युट अफ आर्ट एण्ड फेशन टेक्नोलोजीबाट फेशन डिजाइनमा डिप्लोमा गरेकी शोभाले कुमारीपाटीस्थित Gorgeous Institute of Fashion Technology (GIFT) बुटिक सन्चालन गरी त्यस मार्फत बिशेष गरी बिभिन्न फेशन शोका लागि आबस्यक बिभिन्न संस्कृतिक झलक दिने लुगाहरु मात्रै तयार गर्ने नगरेर त्यहींबाट १ बर्षे र २ बर्षे बुटिक तालिम पनि दिने गर्छिन जस्मा सहभागीहरु हप्ताको तीन दिन स्टिचिङ र तीन दिन स्केचिङ गरी  छ: दिन उपस्थित हुनुपर्छ । सन २०११ बाट शुरु गरिएको यो बिजिनेस मार्फत ८ ब्याचले तालिम सम्पन्न गरिसकेका छन । प्रत्येक ब्याचमा ४-५ जनालाई मात्रै सहभागी गराइने गरिन्छ । त्यहाँबाट तालिम सम्पन्न गर्नेहरु प्रायशले आफ्नै बुटिक सन्चालन गर्दै आएका छन ।

हालमा शंखमुलस्थित Little Flower Public School को लागि फेशन डिजाइनर ट्रेनरको रुपमा पनि कार्यरत शोभा महर्जन NIFT र Don Bosco को लागि फेशन डिजाइनर ट्रेनरको रुपमा पनि कार्यरत थिइन उनी बिगतमा ।

शोभाले २०१३, २०१४, २०१६ र २०१८ मा Gorgeous Attire Fashion Show फेशन इभेण्ट आयोजना गरिन भने Mahindra Ad Campaign र Dish Home Ad Campaign मा इभेण्टको लागि आबस्यक संपूर्ण फेशन डिजाइन गरिन ।

Miss National, Little Star, College Ambassador, Diva Fashion Show, Master and Miss Little Flower, Miss International Nepal, Miss Newa, Miss Little Newa, Miss Sherpa, Mrs. Newa, Miss Newa Pokhara, Rising Star, Master and Miss Kathmandu Kindergarten, Child Icon, Angel on the Floor, Master Star आदि र पाटन ढोकाको अशोक हलमा १० जनवरी, २०२० मा आयोजना गरिएको र करीब ९०० को उपस्थिति भएको Newa Jyajho with Gorgeous Attir Show र बन्दिपुर महित्सबको लागि कार्यक्रमको लागि पनि शोभाले अफिसियल फेशन डिजाइनरको रुपमा काम गरेकी छिन् ।

Newa Cinema National Forum र Dhude Production संस्थामा आबद्ध शोभा टिकिझ्या नामक नेपालभाषा को साप्ताहिकको लागि फेशन डिजाइनसम्बन्धी स्तम्भ लेखन पनि गर्छिन ।

शोभा महर्जन Miss Newa, Miss Little Newa, Miss Princess Child, Master Star, Miss Newa Pokhara जस्ता कार्यक्रमको लागि निर्णायक मण्डलमा रहने जिम्मेवारी पनि बहन गरिसकेकी छिन् ।

कीर्तिपुर निवासी शोभा साहित्यमा रुचि राख्ने मात्रै नभएर कहिलेकंही कविता र हाइकु पनि लेख्ने गर्छिन, तर धेरै जसो नेपालभाषामा ।

मोर्डन सेकेन्डरी बोर्डिङ स्कूलले २०६५ देखि नियमित रुपमा आयोजना गर्दै आएको Mr and Miss Modern Contest को १२ औं एपिसोडको रुपमा आयोजना गरिएको Mr and Miss Modern Contest 2076 को प्रमुख आतिथ्यता ग्रहण गरेकी शोभाले Box Office Best Model for Nepalbhasa song 2018 मात्रै नभएर Kirtipur Youth of the Year 2018  सम्मान पनि प्राप्त गरेकी छिन् ।

समस्या हरेक ब्यक्तिको जीवनको अभिन्न अंग हुने भएकोले जीवनमा आइपर्ने समस्यालाई लिएर अल्झिन र आत्तिन नहुने, तर त्यस्का बाबजुद पनि  निरन्तर रुपमा अगाडि बढ्न प्रयाशरत हुने हो भने सफलता जो कोहीको लागि सम्भब हुने धारणा राख्छिन शोभा महर्जन ।

रामकुमार श्रेष्ठसंगको कुराकानीमा आधारित