एनआरएनए नाइजेरियाले अर्धाखाचीका ब्लडक्यान्सर पीडित न्यौपानेलाई सहयोग हस्तान्तरण

काठमाडौं । एनआरएनए नाइजेरियाको तर्फबाट अर्धाखाची ,शितगङ्गा नगरपालिका – ५ का ब्लड क्यानसर बाट पीडित भइ उपचार गर्दै गरेका न्यून आय भएका बिरामी नारायण प्रसाद न्यौपानेलाई उपचार सहयोग बापत रु ७१ हजार १६० सहयोग राशी संघका अध्यक्ष रोशन थापाले उनलाई अस्पतालमै गएर हस्तान्तरण गरेका छन ।

ब्लड क्यान्सर ले पीडित भै सिभिल अस्पताल काठमाडौंमा न्यौपाने उपचार गराई रहेका छन । सहयोग हस्तान्तरण गर्न अध्यक्ष थापा सङ्गै एनसीसी नाइजेरियाका सदस्य तुल्सी राम भन्डारीको पनि उपस्थिति रहेको थियो ।

एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले संघ मार्फत उपचार सहयोग गर्ने हिक्मत थापा , चिरञ्जीवी रोका , बिश्वास पौडेल ,संजय थापा ,शंकर बर्मा , बिरेन्द्र गुप्ता , प्रकाश सिङ्ग्डेन , अभिषेक मान सिंह ,सोमेश अर्याल ,भरत रिजाल , सुशान्त गिरी , रोशन थापा र ईन्द्र टन्डनलाई धन्यवाद ब्यक्त गरेका छन ।