हेर्नुस राम संग फोटो खिच्दा खिच्दै अचानक यस्तो भयो , प्रमोद र रामलाइ जोगाउन हम्मे पर्यो (भिडियो सहित)

झापा । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को विजेता बनेका छन् राम लिम्बु । उनि कोच प्रमोदको तर्फबाट अन्तिम चार प्रतिस्पर्धी भएर फाइनलको यात्रा तय गर्न सफल भएका थिए ।वास्तवमा ब्लाइन्ड अडिसनमा भने राम लिम्बु कोच दिपकोमा गएका थिए । तर पछी कोच दिपले इलिमिनेट गरेपछि उनलाई कोच प्रमोदले स्टिल गरेर शोमा फिर्ता गरेका थिए ।

त्यसपछि राम लिम्बुको हरेक एपिसोडमा एक पछी अर्को जबर्जस्त पर्फमेन्स हुदै आएको थियो ।‘द भ्वाइस अफ नेपाल सिजन–२’ को विजेता बनेसंगै राम लिम्बुले नगद १२ लाख रुपैया र डेडसन् रेडी गो कार पनि पुरस्कार स्वरूप प्राप्त गरेका छन । त्यति मात्र हैन उनले वोर्ल्ड टुर र एक म्युजिक एल्बमको कन्ट्राक पनि प्राप्त गरेका छन । बिजेता भएपछि राम लिम्बु र कोच प्रमोद खरेल झापा आएका छन् । झापामा रामलाई भब्य स्वागत भएको छ ।