दोबाटे टिमकै पुरानो तर सारै हसाउने सिरियल हास्नु हुन्न है सार्बजनिक, दर्शकको मन जित्दै (भिडियो सहित)

पुर्बबाटै तयार भएर पुर्बबाटै प्रसारण हुने हास्य टेलिशृन्खला दोबाटेको चर्चा अहिले जताततै छ । त्यहि दोबाटे टिमले करिब तीन बर्ष अगाडी नै तयार पारेको हास्नु हुन्न है नामक हास्य टेलिशृन्खलाको चौथो भाग सुपर अनलाइन टिभी मार्फत भर्खरै सार्बजनिक भएको छ ।

गाउले जीवन अनि गाउले परिवेशलाई जस्ताको तस्तै उतारिएको यश टेलिशृन्खलामा हरेक हप्ता केही न केही सन्देश पाइन्छ । काठमाडौमा कलाकारितामा संघर्ष गरेका दुई युबा मिलेर दुखै दुखमा बनाएको सिरियलमा दोबाटेमा चिबेको भुमिकामा देखा पर्ने समीर सुवेदी र कोपाको भुमिकामा हुने आइन्द्र लिम्बु लगायत बिष्णु भट्टराई,आशिस ठकुरी,सुजन ढकाल,गणेश भट्टराई,सुमि ठकुरी,सोम मगराती,सुस्मा श्रेष्ठ,हेमराज जोशी,दिपक सुवेदी,बिकाश कार्की दिलिप तामाङ आदि कलाकारहरूको सशक्त अभिनय देख्न पाइन्छ ।

हास्य टेलिशृन्खला हास्नु हुन्न है समीर सुवेदी र आइन्द्र लिम्बुको लेखन तथा निर्देशनमा तयार हुने गरेको छ ।दोबाटेमा आउनुभन्दा अगाडी नै तीन बर्ष पहिला बनाएको सिरियल अहिले युटुबमा लोकप्रिय बन्दै गइरहेको छ । कस्तो बनेको छ त दोबाटे टिमले धेरै पहिले नै तयार गरेको हास्य टेलिशृन्खला तलको भिडियोमा हेर्नुहोला