ज्ञानेन्द्र शाहीलाई किन निकालियो अभियानबाट? यस्तो छ विवादको बास्तविकता (भिडियोसहित)

काठमाडाैं – ‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेपछिको विवाद अहिले चर्चामा छ। अभियानको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको भन्दै विज्ञप्ति नै जारी गर्यो। खासमा राजतन्त्र र गणतन्त्रका विषयमा मत बाँझिएपछि उनलाई निस्कासन गरिएको चर्चा समेत भयो। तर ज्ञानेन्द्र शाहीले भने आफू नेपालका लागि नेपाली अभियानमै रहेको दाबी गर्दै आएका छन्।

सूत्र टिभीको बहसमुलक कार्यक्रम ‘सूत्र बहस’सँग कुरा गर्दै ज्ञानेन्द्र शाहीले आफू निस्कासित नभएको दाबी गरेका छन्। साथै उनले आफूलाई निस्कासित गरिएको भनिएको निर्णय नै अनाधिकारिक भएको जिकिर गरे।

सुत्र बहसमा उनले भने, ‘म निस्कासित भएको होइन। त्यो अनाधिकारिक केन्द्रीय कमिटी भनेर फेसबुकमा लेखेर हुँदैन। केन्द्रीय कमिटी हाम्रो देसैभरी छरिएर बसेको छ। दुई तीन जनाको केन्द्रीय कमिटी हुँदैन। कहीका केन्द्रीय कमिटीका सदस्यलाई बोलाइएको छैन।’

राजतन्त्रकै विषयका कारण मतभेद भएपछि आफूलाई निकाल्ने अनआधिकारिक षणयन्त्र भएको उनले बताए। एकपटकको सचिवालय बैठकमा भएको कुराकानी स्मरण गर्दै उनले केही मान्छेले राजतन्त्रको पक्षमा वोकालत गर्ने गरेको समेत खुलासा गरे।