डरलाग्दो अनुहार २७ बर्षका युवाको , नेपालमै उपचार असंभव, आमा रुदै मिडियामा (भिडियो)

कास्की जिल्ला मादी गाउँपालिका वडानंं ७ छाचोकका बुद्धिबहादुर आलेमगर ट्यूमर रोगबाट ग्रसित छन् । उनी हाल २७ बर्षका भए । उपचारको लागी नेपालका ठूला–ठूला अस्पतालमा गए पनि डाक्टरले उपचार गर्न सकेनन् । गरिबीकै कारण देशबाहिर उनीहरु जान सकेनन् र उनको यो अवस्था आयो ।

उनी जन्मदा सामान्य जस्तै थिए हल्का रुपमा रातो थियो अनुहार । कक्षा ८ सम्म पढ्ने बेला सम्म पनि उनी मेलापात गए, आमाबाबुलाई काममा सघाए । जति उमेर बढ्दै गयो उत्तिकै उनको यो समस्या बल्झदै गयो । चिकित्सकका अनुसार उनको अनुहारमा नसाहरु धेरै बेरिएका छन् जसका कारण चिकित्सकले उपचार नेपालमा संभव छैन भनेर भनेका थिए ।

उपचारको लागी बिदेश जान पाए फेरी आफू पहिलेको अवस्थामा फर्कने आशा बुद्धिबहादुरको छ । आर्थिक सहायता जुटेको अवस्थामा उनी बिदेश गएर पनि उपचार गर्न चाहन्छन् । बिगत एक बर्ष देखी उनी एकै थलोमा छन् ।

हेर्नुहोस यो भिडियो ।