महिला डाक्टरलाई ब*लात्कार गरेर मारेका चार जनालाई गो*ली ठोकिदियो पुलिसले

काठमाडौं । पडोसी देश भारतमा मानवता हराउँदै गएको विभिन्न अपराधिक क्रियाकलापले देखाउँदै आएको छ । कहिले काही भारतीय पुलिसले दुनियां लाई लाई चकितपार्ने काम गर्छन । केही दिन अघि मात्रै भएको घटना हैदरबादमा एक महिला डाक्टरलाई सामूहकि बलात्कारपछि निर्मम हत्या गरी पेट्रोल छर्केर जलाइएको समाचार अहिले सामाजिक संजाल लगायत नेपाली प्रोटलहरुमा निकनै मात्रामा उच्च स्थान पाएको छ।

भारतको विभिन्न क्षेत्रमा यसै विषयलाई लिएर अहिले विरोध प्रदर्शन भइरहेको छ । महिलाहरु सडकमा उत्रेका छन्, र यस विषयलाई लिएर गम्भीर प्रश्न गरिरहेका छन् । यसैबीच त्यहाँका प्रहरीले घटनामा संलग्न आरोपीहरुको जन्म कुण्डली पनि सार्वजनिक गरेको छ ।

स्थानीय प्रहरीका अनुसार २७ नोभेम्बर राति ती महिला डाक्टरलाई ट्रक ड्राइभर र उनका साथीहरुले अपहरण गरेका थिए । सुनसान ठाउँमा लेगर मदिरा पिलाए र सामूहिक बलात्कार गरेका थिए ।

यसै बिषय बस्तुमा केन्द्रित हुदै बेलायतबाट लेखक रबि अर्यालले एउटा फेसबुक स्टाटस लेख्नु भएको छ ।

कहिलेकांही भारतीय पुलिसले दुनियां चकित पार्छन।हैदराबादकी भेटनरी डाक्टर दिशाको बलत्कार र निर्मम हत्या गरेका चारजना आरोपीलाइ त्यही ठांउमा लगेर इन्काउन्टर गरेछन जहां उनको रेप गरिएको थियो।सिन -रिक्रियशनको क्रममा भाग्न खोजेको आरोपमा चारजनालाइ ठहरै पारे।त्यस्तो कडा सुरक्षामा भाग्न त के पिसाब गर्न जान पनि गाह्रो थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ!

पुलिसलाइ जनताले फूलमाला र अबीर दलेका छन।पुलिस जिन्दाबादको नारा घन्केका छन।उनीहरुलाइ लड्डु खान भ्याइ नभ्याइ छ।
ति चारजना आरोपीले जघन्य र क्रुर अपराध गरेकोमा कुनै संदेह छैन। उनीहरुलाइ फास्ट ट्रयाक रुटबाट हदैसम्मको कडा कारबाही हुनुपर्छ भन्नेमा कसैको दुइमत नहोला।तर प्रहरीले ज्यानको बदला ज्यान लिन थाल्ने हो भने न्याय प्रकियाको खिल्ली उड्नेछ।कानुनले निष्पक्ष सुनुवाइ र आफ्नो कुरा राख्ने अवसर सबैलाइ दिन्छ।कानुनन दोषी ठहरिएर मृत्युदन्ड पाउने फरक कुरा भयो ,यो न्यायसंगत हुने थियो।प्रधानमन्त्री राजीव गान्धीको हत्यारा त भारतीय जेलमा ३० बर्षदेखि छन।कानुनले सबैलाइ बराबर न्याय गर्नुपर्छ।

कसैलाइ पुलिसको यो कदम छिटो छरितो र भरपर्दो लाग्दो हो,कसैलाइ अदालतले सजाय दिनुपर्थ्यो भन्ने लाग्दो हो।मलाइ यस्तै लाग्यो। #dishaMurder&rape