आज यस्तो छ सुनचाँदीको भाउ

मङ्सिर १९, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार ह्वात्तै बढेको सुनचाँदी शुक्रबार घटेको हो । बिहीबार सुन दुई सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

बुधबार ७२ हजार २ सयमा कारोबार भएको छापावाला सुन बिहीबार २ सयले घटेर ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।