माल्टा लैजाने भन्दै ठगी

उर्लाबारी । स्वदेशमै आत्मनिर्भर युवालाई विभिन्न भ्रम र प्रभोलनमा पारेर माल्टा लाने बाहानामा ठगी गरिएको रहस्य खुलेको छ ।

माल्टाको प्रोसेसको लागि भन्दै ३ लाख देखि ५ लाख सम्म ठगी भएपछि यतिबेला पैसा बुझाउनेहरु घर न घाटको भएका छन् । सुनसरी इटहरी घर भएकी राधाकुमारी चौधरीले लाखांै रुपैयाँ लिएर सम्पर्क बिहीन भएकी छिन् । उनले आफ्नो परिचय समेत विभिन्न नाम बनाउँदै ठग्दै आएको पीडित उर्लाबारी–६ का बिबेक हिङमाङले बताए । ‘माल्टा पक्का लाने हो , कमाई नि राम्रो हुन्छ , पसल ससलमा काम गरेर केही हुँदैन भन्दै प्रभोलन देखाईन्’ पीडित हिङमाङले भने–‘आफ्नो छदा खदाको ब्यवहार पनि बिग्रीयो, पैसा नि डुब्यो, न विदेश गएर कमाउन पाए, न पसलको ऋण तिर्न पाए, बहुत पीर छ।’

भिसा समेत आईसक्यो ढुक्क हुनुहुनुस् भन्ने तर भिसा नदेखाउने गरेको बिबेकले बताए । बिबेकमात्र यी युवतीबाट दर्जनौ युवाहरु ठगिएको पनि खुलेको छ । दुनियाँलाई ठगी गरेको पैसाले यी युवती भने मोजमस्तीमा मस्त छिन् । विवाह गरिसकेकी ती युवतीले एक ब्वाईफेन्ड बनाएर मासिक रुपमा दुई लाख रुपैयाँ उडाउने गरेको जानकार स्रोत बताउँछ । यसबिषयमा ती युवतीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यो भिडियो पनि हेर्नुहोस :