मधुमेयका रोगीलाई खुसीको खबर, खाना जति खाएपनि आफै सुगर नियन्त्रण गर्ने प्रविधि आउदै, हेर्नुहोस यसरी गर्छ काम

वरिष्ठ मधुमेय, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर तिर्थलाल उपाध्यायले विश्व मधुमेय दिवसको अवसरमा सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन आग्रह गर्नुभएको छ ।

पोखरामा लायन्स क्लबले आयोजना गरेको कार्यक्रममा उपाध्यायले विश्वमा मधुमेहको संक्रमण र नेपालमा यसको अवस्थाबारे प्रकाश पारे ।

उनले विश्वका ४३ करोड मानिस मधुमेहबाट पीडित रहेको तथ्यांक पेश गर्दै नेपाल जस्तै विकासशील देशमा मधुमेहका रोगीको संख्या दिनानुदिन बढिरहेकाले समयमै यसबारे सजगता र भएसकेको भए उचित उपचार जरुरी हुनेमा जोड दिए । साथै उहाँले प्रविधिको विकास संगै सुगर रोगीहरुका लागि निकट भविश्यमा एउटा चिप्स आउदै गरेको बताउनुभयो ।

कम्प्युटरको चिप्स जस्तै सो चिप्स रोगीलाई खुवाएपछि इन्सुलिनको मात्रा मिलाउन त्यसले सहयोग गर्नेछ ।

हेर्नुहोस यो भिडियो ।