“बटौली” मा बिपिनको दमदार अभिनय (भिडियो)

नेपाली गीत संगीत क्षेत्रमा उत्कृस्ट गीत संगीत र प्रतिभाशाली कलाकारको आगमनले संगीत क्षेत्र दिनानुदिन राम्रो बन्दै गैरहेको छ । ” परदेशी नभन ” ,” तिलहरी ” लगायत अन्य थुप्रै चर्चित र पृथक गीत संगीत सोर्ता दर्शक माझ प्रस्तुत गरिसकेका प्रतिभाशाली गायक मनिष ढकाल ले आफ्नो बिल्कुलै नयाँ गीत ” बटौली ” लिएर आएका छन ।

अर्ग्यानिक टेस्टको ” बटौली ” बोलको यस गीतमा स्वर मनिष ढकालको रहेको छ भने गीतका शब्द हर्क साउदले लेखेका हुन । गीतमा संगीत एस डी योगीको रहेको छ । गीतको संगीत संयोजन भने रिकेश गुरुङ ” किज ” ले गरेका हुन ।

सुन्दर कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोमा बिपिन कार्की , अनु काफ्ले , सुमन मगर , मनांग लावती , मनिष ढकाल , हर्क साउद , साजन सुबेदी र अन्य कलाकारको बेजोड अभिनय देख्न सकिन्छ ।

बबिन दुलालले छायांकन गरेको भिडियोमा फुरी शेर्पा सहायक छायाकारका रुपमा रहेका छन। सुनिल पौडेलले भिडियोलाई सम्पादन गरेका हुन नबिन चौहानले निर्देशनले गरेको भिडियोमा पुकार मणि राई सहायक निर्देशकका रुपमा रहेका छन। आर्टमाण्डु नेपालले निर्माण गरेको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।