81 बर्सिय वृद्धको मनै रुवाउने कहानी, कुकुर बाध्ने साङ्लोमा बाधिएर जीवन बिताउदै यो हेर्दा कस्को मन रुदैन होला!

मोरङको मधुमल्लामा रहेका एक परिवारको कथा अनि ब्यथा यस्तो छ कि जो सुन्दा हरेक मान्छेको मन रुन्छ । एकासी बर्सिय वृद्ध बुबा जसले आफुले बुढेसकालमा छोराछोरीको स्याहार सुसार पाएर बस्नुपर्ने हो तर बिडम्बना एकासी बर्षका बुढा मान्छेले आफ्ना बाउन्न बर्षका छोरालाई फलामको कुकुर बाध्ने साङ्लोले बाधेर रेखदेख गर्नुपरेको छ । एकदमै दयनीय अवस्था छ । आफू दिनभर कुकुर बाध्ने साङ्लोमा बाधिएर बसेका मान्छेलाई थाहा छैन कि म को हो भन्ने केही होस नै नभएका उनी बेहोसीमा हिड्ने गरेपछी कुकुर बाध्ने साङ्लोले बाधेर बुढा बुबाले हेरचाह गर्न थाले । केही महिना पहिले साङ्लोले नबाधेको बेला भागेर दुई महिना हराएका थिए । उनीहरु तीन जना दाजुभाइ छन तर सबै अशक्त र अपांग जेठालाई साङ्लोले बाध्नुपरेको छ माइला सुस्त मनस्थिति कान नसुन्ने र कान्छा अशक्त छन ।

आमाको पनि केही बर्ष पहिला निधन भएपछी बुबाले रुदै आफुले एकासी बर्षको उमेरमा गर्दै गरेको दुख सुनाएर धुरु धुरु रोए । समयमा उपचार नपाएपछि छोरो ठिक नभएको बताउने बुबा भन्छन सन्सारमा पैसा बिना केही नहुने रहेछ । आफू गरिब त्यसमाथि काम गर्न नसक्ने भएपछि छोराको उपचार त परको कुरा खान लाउन पनि धौ धौ परिरहेको बताउछन बुबा । बुढेसकालमा कोहि सहारा नभएका वृद्ध बुबा बेला बेला मलाई यो कुन जन्मको पापको सजाय दिदै छौ भगवान भन्दै एक्लै रुन्छन ।

सबैको दसै आउदै छ सबै खुशी छन तर यी बुढा बुबाको दुख कस्ले देख्ने ? खान पनि नपुग्ने दुखको सागरमा डुबेको परिवारलाई कसैले केही सानो सहयोग गर्दा त्यो सानो सहयोग दुखी परिवारलाई ठूलो सहयोग हुनेछ । कलाकार तथा सन्चारकर्मी समीर सुवेदी र उनको सुपर अनलाइन टि भि परिवार त्यहाँ पुगेर सबैमाझ बुबाको दुख पुर्याउने कोसिस गरेका छन । 81 बर्सिय बुबाका छोराको मानसिक अवस्था ठिक नभएकाले बाधेर राख्नु परेको छ । आर्थिक अभावका कारण छोरालाई औसधि उपचार गर्न पाएका छैनन । कसैले सहयोग गर्न चाहानुहुन्छ भने 9814930736 मा सम्पर्क गरेर गर्न सक्नुहुनेछ । आफू एकासी बर्षका भएर पनि 52 53 बर्षका छोरालाई साङ्लोमा बाधेर स्याहार गर्दै गरेका बुबाले भावुक हुँदै आफ्ना दुख यसरी बताए तल भिडियोमा हेर्नुहोस तपाइको मन रुनेछ