टिक टकमा भाइरल हुदै -गायिका गीता श्रीस र कुलेन्द्र बिकको“गाई चराउने वन”मा-भिडियो

टिक टकमा भाइरल हुदै -गायिका गीता श्रीस र कुलेन्द्र बिकको“गाई चराउने वन”मा । गायिका गीता श्रीस मगरको साँगीतीक कोसेली “गाई चराउने वन” सार्वजनिक भएको निकै छोटो समयमा चर्चा कमाउदै । कात्तिक केहि दिन आगाडी कलाकार दुर्गा बिरहीको सभापतित्व र चन्द्र शर्माको प्रमुख आतिथ्यतामा बिमोचन कार्यक्रम सहित सो गीतको सार्वजनिक गरिएको थियो । कार्यक्रममा कुलेन्द्र बिक, कृष्ण आँशु, राजन भुजेल, झलक संगीतम, पिएन सापकोटा, सुजन लम्साल, भिमसेन खतिवडा, शोभा त्रिपाठी लगायत कलाकार र पत्रकारहरुको निकै बाक्लो उपस्थिती समेत रहेको थियो रहेको थियो ।

उक्त गीतमा चर्चित गायक कुलेन्द्र बिक र गीता श्रीस मगरको स्वर, झलक संगीतमको एरेञ्ज रहेको छ भने दर्गा बिरहीको शब्द, संगीत रहेको छ ।उक्त गीतमा दुर्गा बिरहीको निर्देशन, आर्यन मगरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । यस गीतको भिडियोमा पिएन सापकोटा, रक्षा श्रेष्ठ, रोहित थापा मगर र योगीसा खत्रीको अभिनय हेर्न पाईन्छ: