पानसमा बत्ति बालेको गीतका गायक बिमल डाँगीले गाएको फेरी अर्को बहुप्रतिक्षित गीत बजारमा

काठमाडौँ- नेपाली सांगीतिक क्षेत्रमा बेग्लै इतिहाँस रच्न सफल लोकप्रिय अनि सदाबहार गायक बिमल डाँगी अनि आफ्नो सर्वोत्कृष्ट आवाज मार्फत दुनिया गुञ्जाइरहेकि लोकप्रिय गायिका बिष्णु माझिको आवाजमा ” आकासैको जुन तारा लाइ ” बोलको गीत हालै मात्र विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव मार्फत प्रकासनमा ल्याएको छ । गीत अमर भण्डारी र अञ्जना गोसाइको प्रस्तुतीमा रहेको छ ।

पानसमा बत्ति बालेको लगायत सयौ लोकप्रिय गीतका गायक डाँगी बिबसताले परदेसिए पनि उनको संगीत प्रतिको मोह र श्रोता दर्सक हरुको उनीप्रतिको माया नमरेको उनको निरन्तर रहेको संगीत क्षेत्र प्रतिको लगावले देखाउँछ । हाल उनि अमेरिका बस्दै आएका छन् तर नेपालि गीत संगीत र मायाँ पनि उनको मन मुटुमा बस्दै आइरहेको देखिन्छ ।

यस्तै सिलसिलामा उनको आवाजमा हालै मात्र प्रकासित भएको यस गीतलाई उत्तिकै मिठा शब्द हरुले भरिदिएका छन् गीतकार अमर भण्डारीले भने संगीत दिएका छन् उनै गायक बिमल डाँगीले । लोकप्रिय संगीतकार तथा संगीत संयोजक बीबी अनुरागिले संगीत संयोजन गरेको सोहि गीतलाई प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।

यस्तै गीतको भिडियोलाई पनि उत्तिकै मिहेनेत साथ् बनाइएको देखिएको छ। नेपालि म्युजिक भिडियोका स्थापित एबम लोकप्रिय निर्देशक कुमार केसिको निर्देशनमा बनेको गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने सम्पादन टेकेन्द्र शाहले। भिडियोमा अभिनय चलचित्र क्षेत्रका स्थापित एबम लोकप्रिय नायक धिरेन साक्य र रक्षा श्रेष्ठको रहेको छ । ”आफुले यस गीतको निर्देशन गर्दा मिहेनेतको कुनै कसुर बाकि नराखेको” निर्देशक कुमार केसीले बताएका छन् यस्तै गयाक डाँगीले पनि गीत चल्नेमा आफु आसाबादि रहेको र नेपालि दर्शक श्रोताहरुको माया सधै आफ्नो मनमुटुमा रहिरहने प्रतिक्रिया दिएका छन् । उता ”गीतको प्रचार प्रसारमा आफुले कुनै कन्जुसाई नगर्ने” विन्ध्यवासिनी म्युजिक प्रालि ले जनाएको छ । हामीले सरसरी हेर्दा पनि यो गीतले राम्रो बजार पाउनेमा कुनै दुबिधा देखिदैन ।

सबै तवर बाट उत्तिकै ससक्त बनेको यस गीत तथा गीत संग सम्बन्धित सम्पूर्ण श्रष्टा कलाकार तथा प्राबिधिक हरुलाई पनि लाखौ लाख सफलताको शुभकामना।।।