कुष्ठरोगी नन्दीको हृदय बिदारक भिडियो ।

बाजुरा , कात्र्तिक १८ ।
हिमाली जिल्ला बाजुराको गौमुल गाउँपालिक वार्ड न ६ कि नन्दा परियार शारिरिक रुपमा अपांग रहेकी छन तर उनको प्रतिभाको संगीत प्रतिको मोहले सबैको मन छुने खालको रहेको छ। शारीरिक अपांग भएर पनी उनको कलाको अहिले सामाजिक सञ्जालमा सबैको ध्यान केन्द्रित भएको छ।

आमा बुवाको कुष्ठरोगका कारणले उहिले मृत्यु भईसक्यो, दाई भाई कोहि छैन्! खिरसेर हिडछन, तर बोल्न प्रष्ट सक्छन् । ४० बर्ष देखि त्यहि एउटै ठाउमा छन् । रहर त धेरै छन्। तरपनि उनी सबैतिर बाट ठगिए कि छन् । एउटा हृदय बिदारक कथा छ उनमा। सरकारी निकायको सामान्य सहयोगबाट उनको दिनचर्या चलिरहेको छ।

६० बर्षको बृद्ध अवस्थामा पनी उनीमा संगीत प्रतिको मोह असिम रहेको छ। उनलाई सहयोग गर्न चाहनेका लागी पत्रकार मान सिंह को सम्पर्क नम्वर ९८४८५३१३४ मा सम्पर्क गर्न सकिने बताइएको छ।

हेरौ उनको प्रतिभा ।