चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल द्वारा आयोजित भेटघाट तथा पिकनिक कार्यक्रम सम्पन्न

नेपालबाट बाहिर बिभिन्न देशहरुमा छरिएर रहेका चितवनेहरुको साझा सस्था चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल द्वारा आयोजित भेटघाट तथा पिकनिक कार्यक्रम सनिवारका दिन रत्ननगर नगरपालिका ७ मा रहेको रमाइलो डाडा स्थित भव्यताका साथ सम्पन्न भएको छ।

भर्खर मात्र सम्पन्न छैंठो साधारण सभा तथा तेस्रो विश्व सम्मेलनबाट नवनिर्बाचित कार्यसमिति तथा चाडपर्ब मनाउन आफ्नो जन्मथलो आएका बिभिन्न ९ वटा देशमा क्रियाशील चितवन बासीहरुको सस्था चितवन समाजलाई जोडदै भेटघाट तथा सहयोग आदान प्रदान गर्ने कामलाई निरन्तरता दिने कार्य यस समन्वय समितिले गरेको सस्थाका सचिव निमकान्त पाण्डे ले जानकारी दिए।

चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल विसुद्ध सामाजिक सस्था भएकाले चितवनबासी बिच आपसमा भाईचारा सदभाव कायम गर्ने उदेस्य लिदै बार्षिक रुपमा भेटघाट कार्यक्रमहरु आयोजना गर्दै आएकोमा यस पटक पनि चितवनका एन आर एन ए , राष्ट्रिय कलाकारहरु तथा बैदेशिक रोजगारीमा रहेका साथै विदेशबाट फर्केकाहरु बीच परिचयात्मक तथा मनोरन्जनात्मक कार्यक्रमहरु गरिएको उनले जनाए।
सस्थाका अध्यक्ष मुक्ति अधिकारीले छोटो मन्तव्यका क्रममा बैदेशिक रोजगारीबाट फर्केका चितवन बासि नेपाल आएपछि यस सस्थामा जोडिन आग्रह गर्दै गरेका थिए साथै बिदेशमा रहदा पनि चितवनेहरुले स्थापना गरेको चितवन समाजमा जोडिए सबैकुराबाट सहकारी गर्न सकिने बताए तथापि सामाजिक कार्यमा सबै लाग्नु पर्ने र यसैबाट आफ्नो जिवन सुख तथा चितवनको बिकासमा केहि सार्थकता हुने उनको बिचार थियो ।