ज्योति मगर र रुद्रसेन बिश्वर्कमाको मैथिली गित “कानोमे आँहाके झुम्का” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ : चर्चित गायक रुद्रसेन बिश्वकर्मा र चर्चित गायिका ज्योति मगरको सुमधुर आवाजमा रहेको मैथिली गित “कानोमे आँहाके झुम्का” सार्बजनिक भएको छ । दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक रुद्रसेन बिस्वकर्मा र नेपाली सांगीतिक क्षेत्रकि चर्चित गायिका ज्योति मगरको स्वरमा रहेको दिवानी एल्बम बाट मैथिली गित “कानोमे आँहाके झुम्का” भर्खरै मात्र आरजे म्युजिक प्रोडक्सन य़ुट्युब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा आएको छ ।

शब्द तथा संगीत गायक रुद्रसेन बिश्वकर्माको नै रहेको यस गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका छन् । छायाँकार दिपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन बिश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ । सार्बजनिक भिडियोलाई निर कुमारी बिश्वकर्माले निर्माण गरेकी हुन् । भिडियो हेर्नुहोस