चितवन अपडेट : तीनै जनाको बयान सकियो, थुनछेक बहस सुरु, निषेधाज्ञाबीच पनि प्रदर्शन जारी (भिडियो सहित)

। पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी मध्ये तीनैजनाको बयान लिने कार्य सकिएको छ । जिल्ला अदालत चितवनमा युवराज कँडेल र रवि लामिछानेको बयान पनि सकिएको छ । अस्मिता कार्कीको आइतबार नै बयान लिइएको थियो । बयान सकिए लगत्तै अदालतमा वादी र प्रतिवादीका वकिलहरुको बहस शुरु भएको छ । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ। तीनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो । निषेधाज्ञाबीच पनि प्रदर्शन जारी

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाका बिचमा पनि रबिका समर्थकहरुले भरतपुरका बिभिन्न ठाउमा मोटरसाइकल र्याली निकालेर प्रदर्शन जारी नै राखेका छन् ।

भिडियो हेर्नुहोस