मेलबर्नको रोयल वेस्टर्न क्लबद्धारा खेलाडीहरुलाई सम्मान

२५ अगष्ट, Cairnlea Park , Melbourne : Vicsoccer Division One – Western Region मा पहिलो स्थानमा पर्न सफल क्लब रोयल वेस्टर्न क्लबको आयोजनामा खेलाडीहरुलाई सम्मान तथा ट्रफी प्रदान गरिएको छ । क्लबका अध्यक्ष बम योञ्जनबाट क्लबका खेलाडीहरुलाई ट्रफी प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा Best Defender आयुष लामा, Best Midfielder बिजिल प्रजापति, Best Striker रुजन श्रेष्ठ र Man of the Tournament अमित थापालाइ क्लबका स्पन्सरहरु Expert Education and Visa Services का तर्फबाट सरोज शर्मा, Aussie Finance का तर्फबाट अमर आचार्य, VK Homes का तर्फबाट देवेन्दर रंधवा New Edge Studio का तर्फबाट लियो गार्लिटोले उक्त खेलाडीहरुलाई १०० डलरको चेक हस्तान्तारण गर्नुभएको थियो ।

कार्यक्रममा क्लबका कोच विजय खड्काबले क्लबको स्थापनाकाल देखिको फेयरिस्त पेश गर्दै क्लबले छोटो समयमा आफ्नै पहिचान बनाउन सफल भएको बताउनु भयो । क्लबले नोभेम्बेर २ र ३ तारिख पहिलो Interstate 9A – side Football Tournament – “Expert Melbourne Cup 2019” को आयोजना गर्न लागेको र त्यसका लागि क्लबले तयारी थालिसकेको बताउनु भयो ।

क्लबका सचिब तथा कार्यक्रमका संयोजक दिपेन्द्र खड्काले क्लबको सदस्यताका बन्न, बनाउन आग्रह गर्दै क्लब मार्फत बिभिन्न सामाजिक गतिबिधि गर्दै जाने बताउनु भयो ।

कार्यक्रममा क्लबका मुख्य स्पन्सर Expert Education and Visa Services का सरोज शर्माले आफ्नो शुभकामना मन्तब्य राख्नु हुदै क्लबलाई आफ्नो तर्फबाट सहयोग गर्न पाउदा खुशी लागेको र आगामी दिनमा पनि आफ्नो सहयोगलाइ निरन्तरता दिने बचन दिनु भयो । आफ्नो मन्तब्य राख्ने क्रममा बिभिन्न विधामा उत्कृस्ट भएका ४ खेलाडीहरुलाई थप ५०० डलर हौसला स्वरुप प्रदान गर्नु भएको थियो ।

क्लबका अध्यक्ष बम योञ्जनले क्लबलाई अझै ब्यबस्थित गर्दै चुस्त र दुरुस्त पार्दै जाने योजनाका साथ अगाडि बढेको बताउनु भयो । योन्जनले कार्यक्रममा उपिस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग निरन्तर रुपमा पाउने आशा रहेको बताउनु भयो ।